आजदेखि स्वस्थानी व्रत कथा सुरु

299

पुस १७,
काठमाडौं । शङ्करापुर नगरपालीकामा अवस्थित धार्मीक शाली नदीमा श्री स्वस्थानी व्रत कथामा उल्लेख भएअनुसार एक महिने धार्मीक मेला आज सोमबारदेखि सुरु भएको छ । पौषशुल्क पुर्णीमा तिथीदेखी सुरु हुने यो मेला एक महिलासम्म संञ्चालन हुने गर्दछ । प्रत्येक वर्ष माधवनारायणको मुर्ती शालीनदीमा ल्याएर मेला सुरु हुने परम्परा रहेको छ । आज बिहान सबेरै देखि दशानाथीहरुको बाक्लो उपस्थिती मन्दिर वरपर रहेको छ ।
श्री स्वस्थानीमा रचना भएअनुसार गोमा ब्रामह्रणी पुत्रनवराज राजाले राज्य गरेको प्राचीन नगर लावण्य देश साँखुको बाहिर रहेको नदी किनारमा भक्तजनहरु एक महिना सम्म पूजाआराधना गर्दै व्रत बस्ने गरेका छन् ।
प्रत्येक वर्षको पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूणिर्मासम्म चल्ने एकमहिने स्वस्थानी व्रत आजबाट सुरु भएको छ । मनोकाक्षा पूरा हुने विश्वासका साथ एक महिना अवधिसम्म बसिने यो व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा आधारित मानिन्छ । सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार व्रत बसेर तपस्या गरी मनोकाक्षा पूरा भएको कुरा स्वस्थानी ब्रत कथाको धार्मीक जनविश्वास रहेको छ । पौष शुक्ल पूणिर्मादेखि व्रत बस्ने भएकाले अघिल्लो दिनमा हातगोडाका नङ काटी आफ्नो शरीर सफा राखी सङ्कल्पपूर्वक व्रत बस्ने चलन रहेको छ ।
एक महिना पछि समापन हुने क्रममा अक्षता, बेलीपुष्प, सुपारी, फलफूल रोटी लगायतका नैबेत बनाई सबै १०८ का दरले चढाई शिवलिङ्गसहित ॐकारयुक्त अष्टदलमा स्वस्थानीको विशेष पूजा गरिने प्रचलन छ ।
ग्रन्र्थमा उल्लेख भएअनुसार आफ्नो नजिकको मानीसलाई उक्त प्रसाद दिएमा ब्रत सिद्ध हुने जनविश्वास रहेको छ ।
शाली नदी पुग्नको लागि श्रद्धालुहरुले ललीतपुरको सातदोबाटो, काठमाडौ रत्र्नपार्क, चावहिल चोक, पर्यटकीय स्थल नगरकोटबाट समेत सार्वजनीक यातायातका साधन पाउन सकिन्छ । यता भक्तपुर हुदै जान चाहने हरुले नगरकोट सडक खण्ड अन्र्तगतको तेलकोटबाट २० मिनेटको पैदल हिडेर समेत पुग्न सकिन्छ ।
आजदेखि हिन्दुहरुको घरघरमा स्वस्थानी वत्रकथा बाचन गर्ने र एकमहिना भएपछि पुजाआजा गरेर विर्सजन गर्ने परम्परा रहेको छ ।