Wednesday, October 7, 2026
Home समाचार दावा लामामाथि गौरीघाटमा गोली प्रहार

दावा लामामाथि गौरीघाटमा गोली प्रहार

244

चैत २९, काठमाडौँ।
अन्य व्यक्तिमाथि आक्रमण गरेको भनिएका दावा लामामाथि गौरीघाटमा आज गोली प्रहार भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले लामाको कम्मरमा दुई गोली लागेको जानकारी दिए । उनको जोरपाटी, अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
गत माघमा दरबारमार्गको डिस्कोमा राम गिरीमाथि आक्रमण गरेपछि प्रहरीले लामालाई पक्राउ गरेको थियो । सोही घटनामा लामा अदालतबाट धरौटीमा छुटेका थिए । प्रवक्ता कार्कीले प्रारम्भिक अनुसन्धानमा गुन्डागर्दीका क्रममा दुस्मनी भएको व्यक्तिले उनीमाथि आक्रमण गरेको हुन सक्ने देखिएको बताए । आक्रमणकारीको पहिचान हुन लागेको र ती छिट्टै पक्राउ पर्ने जिकिर उनले गरे । गौरीघाटस्थित ‘दिव्य पार्टी प्यालेस’मा रहेको ‘हेल्थ क्लब’मा जाँदै गर्दा मुखमा मास्क लगाएर आएका एक व्यक्तिले ढोका नजिकै उनीमाथि आज बिहान आक्रमण गरेको थियो ।