Home Blog Page 2047
बैशाख १४, तेह्रथुम । घुम्न आउनेले गुराँसको फूल टिपेर लैजान थालेपछि गुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रमा जिल्ला वन कार्यालयले फूल टिप्न प्रतिबन्ध लगाएको छ ।यो क्षेत्रमा २८ प्रजातिका गुराँस फुलिरहेका छन् । फूल टिप्दा सौन्दर्य गुम्ने र हाँगा भाँच्दा अर्को बर्षसमेत असर पर्ने भन्दै वन कार्यालयले सार्वजनिक सूचना नै प्रकाशित गरी प्रतिवन्ध लगाएको हो । सूचनालाई बेवास्ता गरी...
बैशाख १४, काठमाडौं । एमालेकी सांसद तथा अनेरास्ववियु अध्यक्ष नविना लामाले आफ्नो विवाहको खर्च कटाएर कार्यकर्तालाई आर्थिक रकम सहयोग गरेकी छिन्। दुवै मिर्गौला फेल भएर उपचाररत आफ्ना कार्यकर्तालाई नेता लामाले एक लाख ५१ हजार एक सय ११ रुपैयाँ सहयोग गरेकी हुन्। बिहीबार अनेरास्ववियुका पूर्वनेता प्रवीण श्रेष्ठसँग वैवाहिक सम्बन्ध सुरु गरेकी लामाले हाल वीर अस्पतालमा उपचाररत अनेरास्ववियु पाल्पा जिल्लाका अध्यक्ष...
बैशाख १४, भोजपुर । कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले भोजपुरको सदरमुकाम नजिक पोखरेमा समता स्कूल सञ्चालनमा ल्याइने भएको छ । समता फाउण्डेसनमार्फत देशका ७५ जिल्लामा स्कूल स्थापना गर्ने उद्देश्यअनुरुप भोजपुरमा एक हप्ताभित्र पढाइ शुरु हुनेगरी समता स्कूल सञ्चालनमा ल्याइन लागेको समता फाउण्डेशनका संस्थापक उत्तम सञ्जेलले बताउनुभयो । विद्यालयले नर्सरी, यूकेजी, एलकेजी र कक्षा १ सम्म भर्ना लिनेछ...
बैशाख १४, काठमाडौ । नायिका वेनिशा हमालका लागि गत साल सुखद रह्यो । उनी अभिनित दुई फिल्म ‘झ्यानाकुटी’ र ‘ब्लाइन्ड रक्स’ प्रदर्शनमा आए । यी दुवै फिल्महरुबाट बेनिशाको अभिनयको प्रशंसा भयो । ‘झ्यानाकुटी’ मा बच्चाकी आमा बनेर अभिनय गरेकी बेनिशाले ‘ब्लाइन्ड रक्स’मा दुवै आँखा गुमाएकी सृष्टि केसीको भूमिका निभाइन् । सोही सृष्टि क्यारेक्टरका लागि बेनिशाले बिहिबार सम्पन्न एनएफडिसी अवार्डमा उत्कृष्ट अभिनेत्रीको...
बैशाख १४, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिकं) को केन्द्रीय कार्य समितिको बैठक यही वैशाख २५ देखि २७ गतेसम्म काठमाडौँमा बस्ने भएको छ । पार्टीको विधानअनुसार अध्यक्षले बैठक बोलाउने व्यवस्था भएकाले अध्यक्ष पशुपतिशम्शेर जबराले सो बैठक बोलाउनुभएको हो । पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश प्रमुख, जनवर्गीय संगठनका अध्यक्षलगायत करीब ३०० को सहभागिता हुने उक्त बैठकले राप्रपा परिवेशका दल...
Tulsipur, Dang, April 27 : Fifteen malaria patients have been found in the past nine months in Dang, the District Public Health Office (DPHO), Dang confirmed. As stated by the DPHO, this number was 34 in the last fiscal year. Though the number of malaria patients is likely to go down in the district this year, the district that...
सुशिला पौडेल,-तिमी नदी बग्नु तिम्रो नियति हिमालको शिरबाट खस्नु तिम्रो नियती चट्टानहरुसङ्ग ठोकिएर खोँचहरुमा बिलाउदै निरन्तर निरन्तर बग्नु तिम्रो बाध्यता ।मन लाग्दो हो तिमीलाई हिमालको काख नछोडूँ आफु हुर्किएको त्यो धरातल नछोडूँ स्थिर हुन नपाउनु र बग्नु तिम्रो विवशता ।कहिले खुम्च्याउँछ समयले कहिले मैल्याउँछ झोरहरुले सम्हान नसक्ने आकार कहिले आफ्नै शरीर लाचार कहिले भो भन्न नमिल्नु ,सम्हालिन नपाउनु तिम्रो कहालीलाग्दो विडम्बना ।फोहरका रासहरु छिचोल्दै नचाहिँदा वस्तुहरु बटुल्दै किनाराको अट्टहाँस झेल्दै उचालिदै, पछारिदै थिलथिलो हुँदै अविछिन्न घचेडिनु...
बैशाख १४, डेलिमेल अनलाईन । उत्तर कोरियाका नेता किम जोंग उन दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनसँग ऐतिहासिक शिखर वार्ताका लागि दक्षिण कोरिया पुगेका छन् । सन् १९५३ मा कोरियाली युद्धपछि जब कोरियाली प्रायद्वीप दुई भागमा बाँडिएका थिए० दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने किम जोंग उन पहिलो उत्तर कोरियाली नेता बनेका छन् । दक्षिण कोरियाली राष्ट्रपति मून–जे इनले दुई देशबिच शिखर बैठक...
बैशाख १४, धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु नजिकै त्रिशुली नदीमा शुक्रबार बिहान ग्याँस बुलेट पल्टिदाँ चालकको मृत्यु भएको छ ।काठमाडौं जाँदै गरेको एचआर ५५ क्यु ८६३० नम्बरको लोड ग्याँस पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । मृत्यु हुनेमा भारत घर भएका ३६ वर्षीय सुरेन्द्र सिंह रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख कृष्ण...
बैशाख १४, ललितपुर । एकै पटकमा धेरै गाईको दूध दुहुुनका लागि किसानले ‘मिल्किङ पार्लर’ को प्रयोग शुरु गरेका छन् । केही वर्ष पहिलेदेखि नेपालमा व्यावसायिक किसानले मिल्किङ पार्लरको प्रयोग शुरु गरेको पशु उत्पादन निर्देशनालयमा कार्यरत डा सुरेन्द्र झा बताउनुहुन्छ । व्यावसायिक रुपमा १० वा त्योभन्दा बढी गाई पाल्ने किसानले यसको प्रयोग गर्न थालेका हुन् । एकपटकमा १० वटासम्म गाई दुहुने...