के अब साच्चैँ मिलेका हुन् त दुई कोरियाः

219

बैशाख १४,
डेलिमेल अनलाईन । उत्तर कोरियाका नेता किम जोंग उन दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनसँग ऐतिहासिक शिखर वार्ताका लागि दक्षिण कोरिया पुगेका छन् ।
सन् १९५३ मा कोरियाली युद्धपछि जब कोरियाली प्रायद्वीप दुई भागमा बाँडिएका थिए० दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने किम जोंग उन पहिलो उत्तर कोरियाली नेता बनेका छन् ।
दक्षिण कोरियाली राष्ट्रपति मून–जे इनले दुई देशबिच शिखर बैठक सुरु हुनुअघि नाकामा स्थानीय समानुसार बिहान साढे ९ बजे किमलाई स्वागत गरेका थिए । दुबै नेतालाई एउटा परम्परागत कोरियाली सम्मान गराद दिइएको थियो र दुई देशको राष्ट्रियगान बजाइएको थियो । दुबै नेताबिच पनमुनजोममा बनेको पीस हाउसमा शिखर वार्ता हुनेछ ।
पनमुनजोमा सैन्य सीमारेखा पार गरेपछि दुबै नेताले केही समयका लागि उत्तर कोरियाको सीमामा कदम राखे र दक्षिण कोरियामा बनेको पीस हाउसतर्फ अघि बढे ।