Sunday, September 27, 2026
Home प्रदेश ग्याँस बुलेट त्रिशुली नदीमा खस्यो, चालकको मृत्यु

ग्याँस बुलेट त्रिशुली नदीमा खस्यो, चालकको मृत्यु

462

बैशाख १४,
धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु नजिकै त्रिशुली नदीमा शुक्रबार बिहान ग्याँस बुलेट पल्टिदाँ चालकको मृत्यु भएको छ ।काठमाडौं जाँदै गरेको एचआर ५५ क्यु ८६३० नम्बरको लोड ग्याँस पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । मृत्यु हुनेमा भारत घर भएका ३६ वर्षीय सुरेन्द्र सिंह रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।अनियन्त्रित भई ग्याँस बुलेट सडकबाट ३५ मिटर तल त्रिशुली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ । स्रोतः इमेज खबर