बैशाख १५,
चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाले सौराहा र कुमरोजको पर्यटनलाई जोडेर पर्यटन पूर्वाधार विकासमा लगानी बढाएको छ । खैरहनी नगरपालिकाको धेरै क्षेत्र पर्यटकीय सम्भावना बोकेकाले यसतर्फ ध्यान केन्द्रित गरी पर्यटन पूर्वाधारमा लगानी बढाएको खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले पहिलो चरणमै नगरपालिकाले यहाँका विभिन्न क्षेत्रको पर्यटकीय पूर्वाधारको विकासका लागि रु एक करोड ५०...
बैशाख १५,
अछाम । मंगलसेन नगरपालिकामा शुक्रबार परेको चट्याङ लागेर सात जना घाइते भएका छन् । असिनापानीसँगै गरेको चट्याङ लागेर नगरपालिका–५ का घाइतेमध्ये मनिषा भाटलाई बढी चोट लागेकाले केही घण्टा बेहोश भएपछि अहिले होशमा आएको प्रहरीले जनाएको छ । छ जना सामान्य घाइते सामान्य उपचारपछि घर फर्किएका छन् ।यस्तै चौरपार्टी गाउँपालिका–१ सिउडीको छरी खोलामा आएको बाढीले छ बाख्रा मरेको...
नागरिक दैनिक बैशाख १५,
गोरखा । गैरआवासीय नेपाली संघ (एनआरएन) ले घर बनाएर देला र पक्की घरमा छिट्टै बसौँला भनेर आश गरेका लाप्राकीको तेस्रो वर्षमा पनि सपना पुरा भएन। सरकारबाट अनुदान पाएका जिल्लाका अन्यत्रका धेरैजसो भूकम्प पीडितले तीन लाख लिएर नयाँ घर बनाईसके तर त्यहाँका पाँच सय ७३ घरधुरी टहरामै गुजारा चलाईरहेका छन्।
‘एक वर्षसम्म घर कहाँ बनाउने भन्ने अन्यौल रह्यो,...
नागरिक दैनिक- बैशाख १५,
नेपालगन्ज । जिल्लाको राप्तीसोनारी–२, शमशेरगन्जस्थित राप्ती नदीमा केही महिनादेखि दिनरात एक्साभेटर चलिरहेको छ। नदीबाट उत्खनन गरिएका ढुंगा, गिटी, बालुवा ट्रिपरहरूले ५र५ मिनेटको फरकमा किनारतिर ओर्साछन्। हुलाकी सडकका लागि निर्माण सामग्री तयार गर्न भन्दै राप्ती नदीकै छेउमा क्रसर उद्योग पनि सञ्चालन गरिएको छ।
ट्रिपरले बोकेर डम्पिङ गरेको ढुंगा, गिटी र बालुवा सोही क्रसरबाट प्रशोधन गरिन्छ। हुलाकी सडकका...
नयाँ पत्रिका दैनिक- बैशाख १५,
काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको पूजा गर्न नसकिने बताएका छन् । यसअघिको केन्द्रीय समिति बैठकमा बाँडेको पर्चाका कारण आफूमाथि आरोप लागेपछि पौडेलले त्यसको बचाउ गर्दै नेतृत्वको आलोचना गरेका हुन् ।
‘महादेव भोगी भएनन् त्यागी भए र पूजा हुन्छ,’ शुक्रबार बैठकमा डेढ घन्टा बोलेका पौडेलले भने, ‘तपाईं शेरबहादुरजी चारपटक प्रधानमन्त्री हुनुभयो । तर,...
नयाँ पत्रिका दैनिक- बैशाख १५,
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य तुलनात्मक रूपमा अचेल ठीक छ । तैपनि चिकित्सकहरूले उनलाई धपेडीबाट जोगिन बारम्बार सुझाब दिइरहेका छन् । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा संक्रमणको जोखिम धेरै हुने भएकाले भिडभाडबाट जोगिन पनि उनीहरूको सल्लाह छ ।
दैनिक हुने भेटघाट र कार्यक्रमको भिडभाडले प्रधानमन्त्रीलाई संक्रमणको जोखिम बढाएको निजी चिकित्सक डा। दिलीप शर्माले बताए । ‘दैनिक...
वैशाख १४,
काठमाण्डौ । जेठ १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको अभिनेता दयाहाङ राई र अभिनेत्री सुरक्षा पन्त स्टारर फिल्म ‘भैरे’ को अफिसियल पोष्टर सार्वजनिक भएको छ । फिल्मको दुई पोष्टरमा प्रमुख कलाकारहरु सबै अटेका छन् ।
‘सान्नानीलाई’ र ‘सनम माया लाुको’ बोलको गीतका कारण चर्चामा रहेको यस फिल्मको केही दिनमा नै ट्रेलर सार्वजनिक हुँदैछ । एभरेष्ट सूर्य...
बैशाख १४,
काठमाडौं । एसियन भलिवल महासंघ एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाल पदकविहीन भएको छ। गतवर्ष तेस्रो हुँदै पहिलो अन्तराष्ट्रिय पदक भित्र्याएको नेपाल योपटक चौथो स्थानमा चित्त बुझाउन बाध्य भयो। शुक्रबार बंगलादेशको मिरपुरस्थित शहिद शुरवर्दी इन्डुअर स्टेडियममा तेस्रो स्थानका लागि भएको खेलमा साविक विजेता किर्गिस्तानसँग २५–२०, २५–२२, २५–२० को प्रतिस्पर्धात्मक सेटमा पराजित हुन पुगेको थियो। किर्गिस्तानविरुद्ध सुधारिएको...
वैशाख १४,
काठमाडौंँ । बगङ्लादेशको राजधानी ढाकामा यही बैशाख १५ र १६ मा आयोजना हुने द्विदेशीय विशेष साहित्यिक एवं सांस्कृतिक अन्तरक्रियात्मक कार्यक्रममा भाग लिन नेपाल स्रष्टा समाजको साहित्यिक टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । बङ्गलादेश–नेपाल मैत्री संघको मैत्रीपूर्ण निमन्त्रणामा गएको भ्रमण टोलीमा समाजका अध्यक्ष पवन आलोक, नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष नगेन्द्रराज शर्मा, पुष्पा खनाल, वरिष्ठ कवि मञ्जुल, समाजका...
बैशाख १४,
संघीय सरकारले प्रशासनिक खर्च र संरचना निर्माणका लागि पठाएको रकमबाट प्रदेशसभा सदस्यले ५० लाख रुपैयाँ मागेका छन् । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र सांसद विकास कोषको लागि भन्दै प्रदेशसभा सदस्यहरुले चालु आर्थिक वर्षको लागि सरकारले ल्याउन लागेको पहिलो बजेटबाट नै रकम छुट्याउनुपर्ने माग गरेका हुन् । बिहीबार आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेशसभामा पेश...


