बैशाख २५,
राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा सोमबार राति विवाहको भोजमा विवाद हुँदा छुरा प्रहारबाट एक युवकको ज्यान गएको छ। मुत्यु हुनेमा शम्भुनाथ नगरपालिका(७ भंगाहाका नमोदास चौधरीका छोरा ३० वर्षीय अजय रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए। घटनामा संलग्न भनिएका सात युवालाई पक्राउ गरिएको छ। शिक्षक कुट्नेलाई कारबाही माग नेपाल शिक्षक संघ सप्तरीले निमित्त प्रधानाध्यापक लेखनाथ...
बैशाख २५,
काठमाडौं । नेपाल सरकारले वीरगन्जं काठमाडौं रेलमार्ग निर्माणको लागि दक्षिण कोरियाली कम्पनीलाई छनौट गरेपछि भारतले उपहारस्वरुप काठमाडौं(रक्सौल रेलमार्ग निर्माणको प्रस्ताव अघि सारेर उक्त आयोजनामाथि ओभरल्यापको प्रयास गरेको हो । सूत्रका अनुसार नेपाली अधिकारीहरुले सम्भाव्यता अध्ययन नेपलले नै गरेर आयोजना निर्माणको लागि मात्रै भारतले दिने प्रस्ताव भारतले अस्वीकार गरेका कारण यसअघि भित्राइएको दक्षिण कोरियाली कम्पनीलाई फर्काउने तयारी भइरहेको...
बैशाख २५,
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रत असहमत रहँदै आएको असन्तुष्ट नेताहरुले संस्थापनलाई कमजोर बनाउने रणनीति तयार पर्ने थालका छन् ।१३औं महाधिवेशनपछि कांग्रेसमा देखिएका तीनवटा गुटलाई महासमिति बैठकअघि नै दुईमा झारी सभापतिलाई गलाउने तयारी भएको हो ।यसका लागि संस्थापन इतरका नेताहरु सक्रिय भएका छन् । आजको राजधानी दैनिकमा खबर छ । स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा...
बैशाख २५,
काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिप्रति असन्तुष्टि राखेका छन् । सोमबार प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा लेखेका थिए ‘हामी विकास र सम्बृद्धिको एजेण्डामा हिँडिरहेका छौं, आफ्नो दुनो सोझ्याउन समीकरण फेरवदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ । लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको...
बैशाख २५,
म्याग्दी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लक्षित गरी मुस्ताङको मुक्तिनाथमा मिनि आइसियु कक्ष स्थापना गरिएको छ। उच्च स्थानमा पुग्दा मोदीसँगै भ्रमण टोलीका सदस्यमा आउन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै आइसियू कक्ष स्थापना गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए। आइसियू कक्षमा नेपाल र भारतका विशेषज्ञ चिकित्सक रहनेछन्। ‘एम्बुलेन्स पनि तयारी...
बैशाख २५,
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेको बेलायती सांसद निजेल इभान्स नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ। सोमबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ। सो अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी एवं नेपालस्थित बेलायती राजदूतसमेतको उपस्थिति थियो।
बैशाख २५,
भक्तपुर । सूर्यविनायक नगरपालिका अन्तर्गत चारवटा विद्यालय महेन्द्र शान्ति मा.वि बालकोट, सिरूटार मा.वि सिरूटार, सुवर्णेश्वर मा.वि कटुन्जे र जोरपाटि मा.वि चित्तपोलमा सौर्य उर्जा प्रणाली जडान गरिएको छ । नगरपालिकाले ती विद्यालयहरुमा १२ सयवाट संस्थागत सौर्य उर्जा हस्तानितरण गरेको जानकारी उर्जा ईन्जिनियर प्रकाश ज्ञवालीले जानकारी दिएका छन् । नगरलाई प्रविधि मैत्री नमुना नगरपालिका वनाउने योजना अन्तर्गत सोलार...
श्रद्धय डा उपेन्द्र देवकोटा असिम श्रदा र न्यानो माया, मितिः २०७५/०१/२५कुशल छु र तपाई को स्वस्थ जीवनको लागि पशुपति नाथ संग कामना गर्दछु ।
डासाब, संसार जित्नेहरुको लागि हो, हार्ने हरुको लागि होइन । सुख र दुख...
बैशाख २४,
काठमाडौं । केही दिनअघि गोली लागि घाइते भएका धर्मगुरु श्रीनिवास आचार्य पक्राउ परेका छन् । आचार्य विदेश जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत जान लागेका उनलाई केही दिनअघि आफैमाथि भएको गोलीकाण्डमा आफ्नै हात रहेको आशंकामा पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ । उनीमाथि चैत २५ गते मोरङमा गोली प्रहार भएको थियो...
बैशाख २४,
काठमाडौं । तपाईंहरू कुनै धर्मको प्रचारप्रसार गर्दै हिँडिराख्नुभएको छ ? वा कसैलाई ललाइफकाई धर्म परिवर्तन गराउँदै त हुनुहुन्न ? ख्याल गर्नुहोस् प्रहरीको फन्दामा पर्नुहोला। महानगरीय प्रहरी परिसर टेकुले यसरी जबरजस्ती धर्म परिवर्तन गराउने तीनजना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्की मच्याङ्रगकोट गाउँपालिका(९ कि सुमित्रा गौली, काठमाडौं कलंकीकी राधिका महर्जन, चितवन भरतपुर महानगरपालिका(१६...









