Monday, September 28, 2026
Home समाचार मोदीका लागि मिनी आइसियू

मोदीका लागि मिनी आइसियू

157

बैशाख २५,
म्याग्दी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लक्षित गरी मुस्ताङको मुक्तिनाथमा मिनि आइसियु कक्ष स्थापना गरिएको छ। उच्च स्थानमा पुग्दा मोदीसँगै भ्रमण टोलीका सदस्यमा आउन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै आइसियू कक्ष स्थापना गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए। आइसियू कक्षमा नेपाल र भारतका विशेषज्ञ चिकित्सक रहनेछन्। ‘एम्बुलेन्स पनि तयारी अवस्थामा राखेका छौँ’, प्रजिअ पौडेलले भने। आइसियू कक्षमा जिल्ला अस्पताल मुस्ताङका स्वास्थ्यकर्मीसमेत रहनेछन्। ‘कस्तो किसिमको जनशक्ति, पूर्वाधार र औषधि चाहिने भन्ने कुरा स्वास्थ्य मन्त्रालयले समन्वय गरिरहेको छ’, प्रजिअ पौडेलले बताए।