Thursday, October 1, 2026
Home अपराध छुरा प्रहारबाट युवकको हत्या

छुरा प्रहारबाट युवकको हत्या

163

बैशाख २५,
राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा सोमबार राति विवाहको भोजमा विवाद हुँदा छुरा प्रहारबाट एक युवकको ज्यान गएको छ। मुत्यु हुनेमा शम्भुनाथ नगरपालिका(७ भंगाहाका नमोदास चौधरीका छोरा ३० वर्षीय अजय रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए। घटनामा संलग्न भनिएका सात युवालाई पक्राउ गरिएको छ। शिक्षक कुट्नेलाई कारबाही माग नेपाल शिक्षक संघ सप्तरीले निमित्त प्रधानाध्यापक लेखनाथ कोइरालामाथि कुटपिट गर्ने व्यक्तिलाई कारबाहीको माग गरेको छ। तीन दिनअगाडि कोइरालालाई शिक्षकहरुका कोठामा बसिरहेका बेला स्थानीयवासी ज्ञानेन्द्रकुमार खड्गाले एक्कासि आक्रमण गरी घाइते बनाइएको विज्ञप्तिमा बताइएको छ। कोइराला हनुमानगर कंकालनी नगरपालिका १ स्थित बिपी माविमा १५ वर्षदेखि अध्यापनरत छन्।