जबरजस्ती धर्म परिवर्तन गराउन खोज्ने तीन महिला पक्राउ

266

बैशाख २४,
काठमाडौं । तपाईंहरू कुनै धर्मको प्रचारप्रसार गर्दै हिँडिराख्नुभएको छ ? वा कसैलाई ललाइफकाई धर्म परिवर्तन गराउँदै त हुनुहुन्न ? ख्याल गर्नुहोस् प्रहरीको फन्दामा पर्नुहोला। महानगरीय प्रहरी परिसर टेकुले यसरी जबरजस्ती धर्म परिवर्तन गराउने तीनजना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्की मच्याङ्रगकोट गाउँपालिका(९ कि सुमित्रा गौली, काठमाडौं कलंकीकी राधिका महर्जन, चितवन भरतपुर महानगरपालिका(१६ कि फुलदेवी भट्टराई रहेका छन्। उनीहरूले चितवन भरतपुर नगरपालिका वडा नम्बर २७ घर भएकी लक्ष्मी भट्टराईलाई एनजिओमा जागिर लगाइदिन्छु भनी काठमाडौं नागार्जुन नगरपालिका(४ सीतापाइलाको एक चर्चमा लिएर जबरजस्ती बाइवल पढ्न लगाएर धर्म परिवर्तन गराएका थिए। प्रहरीले उनीहरूलाई काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरी अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन थापाले बताए।