डाक्टर उपेन्द्र देवकोटाको स्वास्थ्य लाभको कामना गर्दै यस्तो पत्र

603

श्रद्धय डा उपेन्द्र देवकोटा असिम श्रदा र न्यानो माया,                                              मितिः २०७५/०१/२५

कुशल छु र तपाई को स्वस्थ जीवनको लागि पशुपति नाथ संग कामना गर्दछु ।
डासाब, संसार जित्नेहरुको लागि हो, हार्ने हरुको लागि होइन । सुख र दुख यो संसार को चक्र हो । यस्लाई कसैले नकार्न सक्दैन । सधै सबैका लागि परिस्थिति अनुकुल हुदैन । प्रतिकुल समयको को लागि नि हामी सधै जुध्न तयार हुनु पर्छ। हामीमा धैयता साहास र आतमबिस्वस भयो भने जस्तो सुकै परिस्थिति मा प्रतिकुलतालाई अनुकुलतामा परिवर्तन गर्न सक्छौ । समस्या कसलाई आउदैन र देबहरुको देब महादेव लाइ त परिस्थिति प्रतिकुल भयर निलकुट बिष पिउनु परेको थियो हामी त मानब हौ । संसार को आधारभूत सिद्धान्त नै हो खुसि र रोदन, हार र जित ,सफलता र असफलता ,जे होस् हामीले आफ्नो कर्तब्य गर्दै जाने हो । समय बलवान छ यसले नै हामी लाई पाठ सिकाउदै लैजान्छ । त्यसैले डा साब हजुर प्रति असिम श्रद्धा र माया छ सम्पूर्ण नेपालीको ।

लेखक
प्रकाश ज्ञवाली

तपाई आफ्नो साहसले परिस्थिति माथि बिजयी हुनु छ । तपैले अझै हजारौ नेपालीहरुको दुःखीरहेको घाउ मा मलम लगाउनु छ । हजारौ नेपाली हरु को बस्ति हरुमा उज्यालो दिप बल्नु छ र परिवारमा खुसि को मुस्कान छर्नु छ । समय अहिले तपाइको प्रतिकुल मात्र भएको हो तेस्लाई कदापी जित्न नदिनु होला आफ्नो अदम्य साहसले परिस्थिति माथि विजय पाउनु होला तपाइको को साथ मा हजारौ नेपाली को आसिर्बाद रहेको छ । तपाइको अझै बाकी जिबन सुन्दर शब्दले रंगाउनु छ । तपाई खुसि र स्वास्थ्य हुनु भने को हजारौ आमा,बुवा,दिदि ,बहिनि,भाईहरु खुसि र स्वास्थ हुनु हो त्यसैले हौसला बुलन्द गर्नुहोस, तपाई स्वास्थ्य हुनुहुन्छ । श्री पशुपतिनाथले तपाईका रक्षा गरुन् ।
तपाइको शुभ चिन्तक
ई. प्रकाश ज्ञवाली
                                                                                                       पाल्पा हालः भक्तपुर