Tuesday, May 19, 2026
Home Blog Page 2004
जेठ २०, विराटनगर । ३३ किलो सुन तस्करीमा मुछिएका थप एक अभियुक्तले अदालतमा आत्मसमर्पण गरेका छन् । राप्रपाका नेता समेत रहेका भुजुङ गुरुङका सालो नाता पर्ने छिरिङ वांगेल घलेले मोरङ जिल्लाअदालतमा आत्मसमर्पण गरेका हुन् । भुजुङ भने सोहि मुद्दामा पुपक्षका लागि थुनामा रहेका छन् । घलेको समूह सुन लुटपाटमा संलग्न रहेको बताइँदै आएको छ सुन तस्करीका मुख्य अभियुक्त...
जेठ २०, भक्तपुर । बसको ठक्करबाट ज्यान गएका पीडित परिवार र आफन्तले आज मध्यपुरथिमि–४ राधे राधेस्थित अरनिको राजमार्गखण्ड बन्द गराएका छन् । शनिबार दिउँसो सोही स्थानमा भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा३ख २७२२ नं को बसले निकोसेराबाट आउँदै गरेको बा४०प २०९४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मध्यपुरथिमि–९ निकोसेरा थिमि बस्ने २४ वर्षीय दीपक ख्याजुको मृत्यु भएको थियो...
जेठ २०, काठमाडौं । कांग्रेस सांसद प्रकाशमान सिंहले जनअपेक्षाअनुसार बजेट नआएको बताएका छन् । बजेटमाथिको छलफलका क्रममा सांसद सिंहले बहुमतको सरकारले ल्याएको भन्दैमा बजेटको प्रशंसा गर्नुपर्ने बाध्यता नभएको बताए ।संघीयता कार्यन्वयन गर्नुपर्नेमा बजेट केन्द्रीकृत गरेर के गर्न खोजेको ? सत्तारुढको कन्ट्रोलमा राख्न बजेट ल्याइएको जस्तो देखिन्छ यसले राम्रो गर्दैन’ सिंहले भने । उनले सांसदको काम नीति निर्माण गर्नेमात्रै नभएर...
जेठ २०, कालिकोट । जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नं। ९ दलित महिला वडा सदस्य मना सार्की आइतीको शनिबार राती शंकास्पद मृत्यु भएको छ। खाना खाएर घरमा सुतेकी सार्कीको बिहान मृत्यु भएको अवस्थामा स्थानीयले फेला पारेका थिए। वडा सदस्यको मृत्यु भएको खबर प्रहरी जानकारी आएको र अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिएरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक...
काठमाडौं । बलिउडमा आकर्षक र सबैभन्दा फिट अभिनेत्रीमा करिना कपूरको नाम सबैभन्दा अग्रपंक्तिमा छ । उनी फिटनेस, लुक्स र फेसनका लागि सधैं सजग रहन्छिन् । शैफ अलि खानसंग बिहे गर्नुअघि जिरो फिगरका लागि फिल्म उद्योगमा चर्चित थिइन्। बिहेपछि उनी आमा पनि बनिन् । तर त्यसपछि उनले करिब १२ किलो तौल घटाएर चर्चामा आइन् । गर्भवती र आमा बनेपछि हुने...
बीबीसी । अमेरिकी मोडल एमिली रटजकोस्कीले आफ्नो ‘सेक्सी इमेज’ का कारण अन्य महिलाले उनीसँग काम गर्न अस्विकार गरेको बताएकी छिन् । रबिन थिकको विवादित भिडियो ट्रेक ब्लर्ड लाइन्समा नृत्य गरेपछि २७ वर्षीया एमिली चर्चामा आएकी थिइन् । एमिलीले हार्पर्स बाजार अष्ट्रेलियासँग आफूसँग कुनै काम नभएको बताएकी छिन् ।आफू अत्यधिक सेक्सी भएका कारण आफूसँग काम नभएको उनको धारणा छ ।...
जेठ २०, चितवन । दक्षिण चितवनको माडीका जनताले अब तोकिएका सामग्री निकुञ्जबाट ल्याउन पाउने भएका छन् । माडी नगरपालिका र स्थानीय जनताको लामो प्रयासपछि चितवन राष्ट्रिय निकुञ्जले माडीबाट तोकिएका सामग्री ल्याउन दिने भएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले निकुञ्ज विभागले तोकेर परिपत्र गरेकाले ती सामग्रीलाई चेकजाँच गरी भरतपुर लैजान दिने जानकारी दिनुभयो । सो निर्णयसँगै...
झापा । नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति झापाका कार्यालय सचिव चुडेन्द्र अधिकारीको आज बिहान करीब १ः३० बजे निधन भएको छ । भद्रपुर–१० स्थित लेखनाथ चोक निवासी ५८ वर्षीय अधिकारीको हृदयघातका कारण निधन भएको हो । बिहान एक्कासि छाती दुखेपछि अधिकारीलाई उपचारका लागि बीएण्डसी हस्पिटल बिर्तामोड पु¥याइएको थियो । हस्पिटल पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषित गरेको पारिवारिक स्रोतले जनाएको छ...
जेठ १९, भक्तपुर । जिल्लाको ग्रामिण क्षेत्रमा रहेको चाँगुनारायण नगरपालिका नगरकोटमा आजबाट नयाँ एम्बुलेन्स संचालनमा आएको छ । स्थानीय दाताहरुको १५ लाख रुपैयाको सहयोगमा नेपाल रेडक्रस सोसाईटी नगरकोट उपशाखाले खरिद गरी ल्याएको बा. १९ च. ५६७६ नम्बरको एम्बुलेन्स आजबाट संचालनमा आएको शाखाका सभापति सोम शर्मा बजगनईले जानकारी दिएका छन् । उपशाखाको १३ औ वार्षिक साधारणसभा एवं एम्बुलेन्स उद्घाटनमा प्रतिनिधीसभाका सदस्य महेश...
यमुना पराजुली अधिकारी,पैयुडाँडाको त्यो अजङ्गको ढुङगो पनि पग्ल्यो होला घुर्के र नकुवा खोलाको पानी पनि सुक्यो होला तर आमा तिमी गलिनौ तिमी थाकिनौ बैजे खेतका उत्तिसका साना पोथ्रा पनि आकाश छुने भए होलानडम्फे डाँडाका ति काला काला चट्टान कति दबिए होलान धर्तीको गर्भमा तर आमा तिमी कसै सँग दबिनौ कतै झुकिनौ तिमी कहिल्यै कहिल्यै थाकिनौ चिच्याउँदा हुन झ्याउँकिरी कराउदा हुन साँझमा भ्यागुता टरटर सुनेकि छ्यौ कि नाई ?मनको कुना काप्चामा...