भक्तपुरमा मृत भेटिए इलामका राई, आफन्तलाई सम्पर्कमा आउन प्रहरीको अनुरोध

4

भक्तपुर । इलाम जिल्लामा घर बताउने एक जना पुरुष भक्तपुरमा मृत भेटिएका छन् । जेठ ३ गते भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं ३ कौशलटार हनुमन्ते खोला पुल नजिकै ह्युम पाइप भित्र एकिन नाम थर वतन नखुलेको भिम राई नाम बताउने पुरुषको शव भेटिएको थियो । करिब ४५ वर्षका पुरुष व्यक्ती मृत अवस्थामा रहेको छ भन्ने खबर प्राप्त हुनासाथ यस थिमि प्रहरीबाट अनुसन्धान अधिकृत समेतको टोली घटनास्थल गएको थियो । प्रहरी घटनास्थल एवं लाश जाँच मुचुल्का गर्ने लगायतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरेको मृतक लाश काठमाण्डौ मेडिकल कलेज दुवाकोट भक्तपुरको शव गृहमा रहेको जानकारी दिएको छ ।
प्रहरी वृत्त थिमिले मृतकको हाल सम्म एकिन पहिचान एवं सनाखत हुन नसकेको, आफन्तहरु सम्पर्कमा नआएको निजको आफन्तहरु चिन्नुहुने महानुभावहरुले यस कार्यालयमा सम्पर्क राख्न पठाईदिन हुन समेत गरेको छ ।

हुलिया
१) नामः भिम राई नाम बताउने गरेको
२) ठेगानाः ईलाम घर बताउने गरेको ।
३) फेला परेको ठेगानाःजिल्ला भक्तपुर मध्यपुर थिमी नपा वडा नं ३ हनुमन्ते खोला पुलस्थित ह्युम पाईपमा ।
४)पेटको बाँयातर्फ ७ इन्च लामो अपरेसन गरेको पुरानो खत रहेको ।