Wednesday, October 7, 2026
Home प्रदेश नगरकोटमा नयाँ एम्बुलेन्स संचालनमा

नगरकोटमा नयाँ एम्बुलेन्स संचालनमा

268

जेठ १९,
भक्तपुर । जिल्लाको ग्रामिण क्षेत्रमा रहेको चाँगुनारायण नगरपालिका नगरकोटमा आजबाट नयाँ एम्बुलेन्स संचालनमा आएको छ ।
स्थानीय दाताहरुको १५ लाख रुपैयाको सहयोगमा नेपाल रेडक्रस सोसाईटी नगरकोट उपशाखाले खरिद गरी ल्याएको बा. १९ च. ५६७६ नम्बरको एम्बुलेन्स आजबाट संचालनमा आएको शाखाका सभापति सोम शर्मा बजगनईले जानकारी दिएका छन् । उपशाखाको १३ औ वार्षिक साधारणसभा एवं एम्बुलेन्स उद्घाटनमा प्रतिनिधीसभाका सदस्य महेश बस्नेत, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल र चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रले एम्बुलेन्स सेवाको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।