‘बहुमतको सरकारले ल्याएको भन्दैमा बजेटको प्रशंसा गर्नुपर्ने बाध्यता छैन’

130

जेठ २०,
काठमाडौं । कांग्रेस सांसद प्रकाशमान सिंहले जनअपेक्षाअनुसार बजेट नआएको बताएका छन् । बजेटमाथिको छलफलका क्रममा सांसद सिंहले बहुमतको सरकारले ल्याएको भन्दैमा बजेटको प्रशंसा गर्नुपर्ने बाध्यता नभएको बताए ।संघीयता कार्यन्वयन गर्नुपर्नेमा बजेट केन्द्रीकृत गरेर के गर्न खोजेको ? सत्तारुढको कन्ट्रोलमा राख्न बजेट ल्याइएको जस्तो देखिन्छ यसले राम्रो गर्दैन’ सिंहले भने । उनले सांसदको काम नीति निर्माण गर्नेमात्रै नभएर विकास पनि भएकाले अहिल्यै सांसदलाई दिइने भनिएको चार करोड रकमको विरोध गर्नु जरुरी नभएको बताए । उनले सांसदले जनतासँग निर्वाचनका वेला गरेका प्रतिबद्धता पुरा गर्न पनि सो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।