Thursday, October 1, 2026
Home अपराध ३३ किलो सुन तस्करी प्रकरण ले गरे आत्मसमर्पण

३३ किलो सुन तस्करी प्रकरण ले गरे आत्मसमर्पण

166

जेठ २०,
विराटनगर । ३३ किलो सुन तस्करीमा मुछिएका थप एक अभियुक्तले अदालतमा आत्मसमर्पण गरेका छन् । राप्रपाका नेता समेत रहेका भुजुङ गुरुङका सालो नाता पर्ने छिरिङ वांगेल घलेले मोरङ जिल्लाअदालतमा आत्मसमर्पण गरेका हुन् । भुजुङ भने सोहि मुद्दामा पुपक्षका लागि थुनामा रहेका छन् । घलेको समूह सुन लुटपाटमा संलग्न रहेको बताइँदै आएको छ सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेले बयानका क्रममा सुन गायब बनाउन छिरिङको संलग्नता रहेको दाबी गरेका थिए। गृहमन्त्रालयलबाट गठित छानबिन समितिको अनुसन्धानका आधारमा जिल्ला अदालत मोरङमा ६३ जनाविरुद्ध मुद्दा दायर भएको थियो । सो मुद्दा अहिले पनि अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।