Tuesday, May 19, 2026
Home Blog Page 1997
जेठ २८, काठमाडौं । नेपाल ट्रेड युनियन काँग्रेसको छैठौं राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्य पदमा सरस्वती वैद्यले उम्मेदवारी घोषणा गरेकी छिन् । भोलीबाट काठमाडौंमा हुने महाधिवेशनमा महिला तर्फबात केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिन लागेकी वैद्य नेपाल ट्रेड युनियन काँग्रेस काभ्रेकी अध्यक्ष भइसकेकी छिन् । उनी उक्त सस्थाको पहिलो महिला अध्यक्ष समेतत हुन् । आफु निर्वाचित भएमा समान काममा समान ज्याला...
२८ जेठ, काठमाडौं । नेपालमा बोलिने अधिकांस राष्ट्र भाषा लोप हुने स्थितिमा पुगेकोप्रति सरोकारवाला पक्षले ध्यानाकर्षण गराएको छ । नेपालभाषा क्लब टोखाले आयोजना गरेको कार्यक्रममा उहाँहरुले राष्ट्र भाषा संकटमा परेको भन्दै संरक्षणको लागि पहल थाल्न सचेत गराएका हुन् । कार्यक्रममा बोल्नुहुँदै भाषासेवी डा. महेशमान श्रेष्ठले राष्ट्रिय विभूति सिद्धार्थ गौतम बुद्धको ‘पाली भाषा’ देखि ‘संस्कृति भाषा’ पछिल्लो समय मृततुल्य भएकोप्रति...
जेठ २८, काठमाडौं । एजेण्टमार्फत १० लाख भन्दा बढी रकम बुझाएर मकाउ पुगेका एक नेपाली युवाले त्यहाँ पुगेको एक महिना नपुग्दै आत्महत्या प्रयास गरेका छन् । कम्पनी सुपरभाइजरको मानसिक यातना र मकाउ लैजाने एजेन्टले बेवास्ता गरेपछि २६ वर्षीय ईश्वर थिङले धारिलो हतियारले आफ्नै घाँटी रेटेर आत्महत्या प्रयास गरेको स्थानीय टेलिभिजनले जनाएको छ । एक महिना अघि मात्र थिङ नेपालका एजेण्ट...
जेठ २८, महोत्तरी । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८ बेलगाछीमा अत्यधिक गर्मीका बेला धान रोप्दारोप्दै एक महिलाको मृत्यु भएको छ भने दुईजना बेहोस भएका छन् । मृत्यु हुनेमा स्थानीयवासी ३५ वर्षीया सिकिलदेवी सदा मुसहर रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टले बताउनुभयो ।त्यसैगरी धान रोप्दा ५५ वर्षीया सुनरदेवी सदा मुसहर र उनका छिमेकी २५ वर्षीया किसुनदेवी सदा...
जेठ २८, एजेन्सी । लियोनेल मेस्सीले विश्वकपपछि अर्जेन्टिनाका लागि आफूले खेल्ने वा नखेल्ने यकिन नभएको बताएका छन् । ३० वर्षीय खेलाडी यसअघि सन् २०१६ मा पनि छोटो समयका लागि अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट टाढा भएका थिए । सन् २००५ मा अर्जेन्टिनाका लागि पहिलो पटक प्रतिनिधित्व गरेका उनले यसपटक सदाका लागि राष्ट्रिय टोलीबाट सन्यास लिने मनस्थिति बनाएका हुन् ।क्लब फुटबलमा निकै...
जेठ २८, नायिका, मोडल र बिग बसकी पूर्व प्रतिस्पर्धी सोफिया हयात पछिल्लोपटक श्रीमानसँग अलग्गिएपछि लगातार चर्चामा छाइरहेकी छिन् । उनी इन्स्टाग्राममा निकै सक्रिय छिन् त्यहाँ उनले विभिन्न तस्बिरसहित आफ्नो दिनचर्याबारे जानकारी दिने गरेकी छिन् । हालै सोफियालाई एक प्रयोगकर्ताले अश्लिल मेसेज पठाएपछि उनी भड्किएकी छिन् । त्यसपछि उनले ती व्यक्तिलाई पाठ पढाउनका लागि च्याटलाई इन्स्टाग्राममा सेयर गरेकी छिन् । https://www.instagram.com/p/BjxABo0F5Uj/?utm_source=ig_embedसोफियालाई इन्स्टाग्राम...
जेठ २८, काठमाडौं । यस वर्षको दशैंको फूलपातीबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा’ को तेस्रो सिरिजमा अभिनेत्री स्वस्तिमा खड्काको पनि प्रवेश भएको छ । मुर्हूतमा कलाकार तथा निर्माता दीपकराज गिरीले ठट्टा गर्दै स्क्रिप्टमा फुच्ची अभिनेत्री चाहिएको हुँदा स्वस्तिमालाई अटाउन नसकेको बताएका थिए । यतिबेला यो फिल्मको पोखरामा छायांकन चलिरहेको छ । स्वस्तिमाले शनिवारबाट सुटिङ ज्वाइन गरिसकेकी छिन् ।...
जेठ २८, काठमाडौं । गण्डकी विकास बैंकले आर्थिक वर्ष २०७३/७४ सम्मको संचित मुनाफावाट बोनश शेयर वितरण गर्ने भएको छ । बैंकको जेष्ठ २५ गते वसेको दशौ वार्षिक साधारण सभाले संचालक समितिको आ।वं २०७३र७४ को बार्षिक प्रतिवेदन पास गर्नुको साथै संचित मुनाफावाट कुल चुक्तापूंजीको १९.३१०६ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।बोनस शेयर वितरण पश्चात बैंकको कुल...
जेठ २८, काठमाडौं । राजधानीको युएन पार्कमा गोली चलेको छ । सर्च अपरेशनको क्रममा प्रहरीले गु्ण्डा नाइके अशोक लामामाथि गोली चलाएको हो । उनी घाइते भएका छन् । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।
जेठ २८, तेह्रथुम । सुरक्षित गर्भपतनसम्बन्धी सेवा शुरु भएको छोटो अवधिमै जिल्लाका धेरै महिलाले गर्भपतन गराएका छन् । सरकारी स्वास्थ्य संस्थाबाटै निःशुल्क मान्यताप्राप्त स्वास्थ्यकर्मीले गर्भपतन सेवा दिन थालेपछि असुरक्षित गर्भपतन गराइरहेकाहरु पनि स्वास्थ्य संस्थामै जान थालेका हुन् । जिल्लामा सुरक्षित गर्भपतन सेवा शुरु भएको तीन महिना पूरा नहुँदै २३३ जनाले सो सेवा लिइसकेका छन् । गत चैतबाट जिल्ला स्वास्थ्य कार्यालयले...