ट्रेड युनियन काँग्रेसको कन्द्रिय सदस्यमा सरस्वती वैद्यको उम्मेवारी

299

जेठ २८,
काठमाडौं । नेपाल ट्रेड युनियन काँग्रेसको छैठौं राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्य पदमा सरस्वती वैद्यले उम्मेदवारी घोषणा गरेकी छिन् । भोलीबाट काठमाडौंमा हुने महाधिवेशनमा महिला तर्फबात केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिन लागेकी वैद्य नेपाल ट्रेड युनियन काँग्रेस काभ्रेकी अध्यक्ष भइसकेकी छिन् । उनी उक्त सस्थाको पहिलो महिला अध्यक्ष समेतत हुन् ।
आफु निर्वाचित भएमा समान काममा समान ज्याला दिन पहल गर्ने, कृषिलाई आधुनिकिकरण गर्ने, मजदुरहरुको हक हितमा सधै काम गर्ने वैद्यले नयाँ नेपाल न्युजलाई बताइन् । ट्रेड युनियनका सबै समितिमा ५० प्रतिशत महिला सहभागीता हुनु पर्ने उनको भनाई रहेको छ ।