नायिकालाई सोधियोः तिम्रो एक रातको रेट कति हो ?

86

जेठ २८,
नायिका, मोडल र बिग बसकी पूर्व प्रतिस्पर्धी सोफिया हयात पछिल्लोपटक श्रीमानसँग अलग्गिएपछि लगातार चर्चामा छाइरहेकी छिन् । उनी इन्स्टाग्राममा निकै सक्रिय छिन् त्यहाँ उनले विभिन्न तस्बिरसहित आफ्नो दिनचर्याबारे जानकारी दिने गरेकी छिन् ।
हालै सोफियालाई एक प्रयोगकर्ताले अश्लिल मेसेज पठाएपछि उनी भड्किएकी छिन् । त्यसपछि उनले ती व्यक्तिलाई पाठ पढाउनका लागि च्याटलाई इन्स्टाग्राममा सेयर गरेकी छिन् ।

View this post on Instagram

And he asks so politely..

A post shared by Sofia Hayat (@sofiahayat) on

सोफियालाई इन्स्टाग्राम अकाउन्ट @abidhussain_1 बाट अश्लिल मेसेज पठाइएको थियो । ती व्यक्तिले सोफियालाई उनको एक रातको मूल्य सोधेका थिए । सोफियाले उनलाई गतिलो जवाफ दिएको स्क्रिनसटक सेयर गरेकी छिन् । सोफियाले ती व्यक्तिको जवाफमा लेखेकी छिन्, ‘पहिले आफ्नी आमा त्यसपछि बहिनी र श्रीमतीलाई सोध्, उनीहरुले तँलाई एक रातको रेट बताउनेछन् ।’
यस्तोमा प्रयोगकर्ताले जवाफमा लेखे, ‘तर उनीहरुले त आफ्नो शरिर तिमीलेजस्तो देखाउँदैनन् ।’ सोफियाले यो कुराको थप कडा जवाफ दिइन्, उनले लेखिन्, ‘तेरी आमाले आफ्नो शरिर देखाइन् । टाँङ फट्याएर तँलाई जन्म दिइन् । तेरो दिमागलाई सफा गर्नुपर्छ । के रमजान तेरो जीवनमा केही महत्व राख्दैन ?’

एजेन्सी