माघ १८,
काठमाडौं -अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणमा विद्युत चुहावट नियन्त्रण गर्ने महाशाखाका उपप्रबन्धक विजयकुमार चौधरीविरूद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ।शुक्रबार अख्तियारले उनीविरूद्ध दुई करोड १४ लाख ५८ हजार अकुत सम्पत्ति जोडेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० उपदफा २ अनुसार २ वर्ष सम्म...
माघ १८,
काठमाडौं -अनशनरत गोविन्द केसीको जीवनरक्षा गर्दै शिक्षण अस्पतालमा धर्ना दिइरहेका आवसीय चिकित्सकहरूलाई प्रहरीले गिरफ्तार गरेको छ। शुक्रबार केसीले अनशन बस्दै आएको शिक्षण अस्पताल परिसरमा रहेको गणेशमान सिंह भवनको प्राङगणबाट प्रहरीले आवसीय चिकित्सकहरुलाई गिरफ्तार गरेको हो। डा। केसीको समर्थनमा आवासीय चिकित्सकले निकालेको र्यालीमा प्रहरीको हस्तक्षप गर्दै १७ चिकित्सकहरू पक्राउ गरेको हो। हाल उनीहरुलाई नेपाल पुलिस क्लब भृकुटीमण्डव लगिएको शिक्षण...
माघ १८,
काठमाडौं -चर्चित कलाकार बीएस राणाको निधन भएको छ। राणाको ७८ वर्षको उमेरमा निधन भएको हो। राणाको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा शुक्रबार बिहान उपचारका क्रममा निधन भएको हो। मुटुको रोगबाट पीडित राणाको केही समययता शिक्षण अस्पतालमा उपचार भइरहेको थियो। राणा नेपाली चलचित्र र टेलिसिरियलमा चर्चित अभिनेता थिए। चलचित्र
अन्यायुबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका उनले 'दक्षिणा', 'चिनो', 'दुई थोपा आँशुु',...
माघ १८,
काठमाडौँ।अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन्। विवादमा मुछिएपछि उनले आफ्नो पदबाट राजीनामा दिएको बताएकी छन्।बिहिबार अष्ट्रेलियाबाट स्वदेश फर्किएकी शेर्पाले एक वक्तव्य जारी गर्दै उनले भनेकी छन्, ‘एक दिन मर्नुपर्ने जीवनमा ईमान्दारिता, कर्तव्यपरायण र मानव सेवाबाट आजसम्म चुकिनँ र कहिल्यै चुक्ने पनि छैन। देश र जनता प्रतिको जिम्मेवारीमा अनवरत सेवा गरिरहँदा म माथि भएको चरित्रहत्याको न्याय...
१८ माघ,
काठमाडौ । तेश्रो पटक हृदयाघात भएपछि नर्भिक अन्तराष्ट्रिय अस्पताल भर्ना भएका पूर्वयुवराज पारस वीरविक्रम शाहको स्वास्थ्यमा सुधार आएको छ । उनी आज अस्पतालबाट डिस्चार्ज हुँदैछन् ।गम्भीर प्रकारको हृदयाघात भएपछि आइतबार दिउँसो साढे चार बजे पारसलाई नर्भिक अस्पताल पुर्याइएको थियो । उनको मुटुको कोरोनरी एञ्जियोप्लास्टी गरिनुका साथै स्टेन्ट राखिएको छ । हाल पारसको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।...
माघ १८,
पोखरा -नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुढीगणडकी जलविद्युत् आयोजनालाई सरकारले चीनलाई सुनको किस्तीमा बुझाएको आरोप लगाएका छन्। शुक्रबार प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले बुढीगण्डकी आयोजनाको उदाहरण दिँदै कम्युनिस्टको सरकारको उपलब्धी भ्रष्टाचार भएको आरोप लगाएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको १२०० मेगावाट क्षमताको बुढी गण्डकी आयोजनालाई सुनको किस्तीमा राखेर...
१८ माघ,
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाट तस्करीको सुनसहित ५ जनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले बिहीबार अपराह्न ३ बजे वैदेशिक रोजगारीबाट फर्केका उनीहरुलाई सुनको बालासहित पक्रेको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक होमिन्द्र बोगटीले विशेष सूचनाका आधारमा २५० ग्रामको सुनको बालासहित ५ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । पक्राउ परेकाहरु...
माघ १८,
सुर्खेत; कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारी गाडीमा बिहीवार ‘माफिया सरकार मुर्दावाद’ लेखेको घटनाप्रति कर्णाली सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले विज्ञप्ति जारी गर्दै घटनाप्रति आपत्ति जनाएकी छन्। प्रदेश राजधानी सुर्खेतस्थित मध्यपश्चिममाञ्चल विश्वविद्यालयको स्कुल अफ लमा बिएल एलएलबी कार्यक्रमको उद्घाटन गर्न त्यहाँ पुगेको बेला मुख्यमन्त्रीको गाडीमा ‘माफिया...
१८ माघ,
विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा गोलीसहित पक्राउ परेका छन् । बिहीवार साँझ विराटनगरबाट काठमाडौं जाने क्रममा प्रकाण्डका छोरा नरेन्द्र विश्वकर्मालाई गोलीसहित प्रहरीले पक्रेको हो ।कालीकोट स्थायी ठेगाना भएका २७ वर्षीय विश्वकर्माको साथबाट नाइन एमएम पेस्तोलमा लोड हुने तीनवटा गोली फेला परेको प्रहरीले जनाएको छ । विश्वकर्माको साथमा रहेको झोला चेकजाच...
माघ १८,
काठमाडौं। डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरूले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेर आन्दोलन थालेका छन्। नेपाल चिकित्सक संघले देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थालाई आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रूपमा बन्द गर्न आह्वान गरेको छ। संघको हिजो बसेको आकस्मिक बैठकले सरकारका कारण डाक्टर केसीको जीवन संकटमा परेको र...


