विमानस्थलबाट सुनसहित ५ पक्राउ

105

१८ माघ,
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाट तस्करीको सुनसहित ५ जनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले बिहीबार अपराह्न ३ बजे वैदेशिक रोजगारीबाट फर्केका उनीहरुलाई सुनको बालासहित पक्रेको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक होमिन्द्र बोगटीले विशेष सूचनाका आधारमा २५० ग्रामको सुनको बालासहित ५ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । पक्राउ परेकाहरु वैदेशिक रोजगारीको सिलसिलामा विदेशबाट फर्केका व्यक्ति हुन् । यद्यपि, प्रहरीले उनीहरुको पहिचान भने खुलाएको छैन ।