भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुरका नेता सत्य त्वायनाले पार्टीको प्रथम महाधिवेशनमा भोगेका अनुभवलाई यसरी सामाजिक सन्जालमा व्यक्त गर्नु भएको छ । 


🙏🔔कृतक्ष छु! सधै कृतज्ञ रहनेछु!!🔔🙏
सर्वप्रथम;
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनकाे निर्वाचनमा केन्द्रीय सदस्य पदमा मलाई अमूल्य मत दिने आदरणीय मतदाता तथा शुभेक्छुक सबैप्रति सदैव कृतज्ञ रहनेछु।
यस महाधिवेशन तथा आन्तरिक लोकतान्त्रिक अभ्यासमा सहभागी हुँदा मेराे अनुभव अद्भुत रह्याे, अनुभव साझा गर्दैछु।
नाम हराएकाे प्रतिनिधि;
महाधिवेशनमा सहभागी हुन ठुलै उत्साह लिई ६ असार २०८३ मै चितवन पुगियाे। ७ गते सम्पन्न भब्य उत्घाटन कार्यक्रममा सहभागी भइयाे। भाेलिपल्ट असार ८ देखि सुरु हुने बन्दसत्रमा सहभागी हुन खाेज्दा प्रतिनिधि सुचिमा नाम नै भेटिएन। नाम समाबेस गर्न ठुलाे कसरत भयाे तर नाम समेटिएन, बन्दसत्रमा प्रबेश गर्नै पाईएन। म लगायतका केही साथिहरु “नाम हराएकाे प्रतिनिधि” बन्याैं।
त्यसपछि चुनावि प्रकृया सुरु भयाे, भाेट गर्ने सुचिमा पनि नाम समाबेस भएन। ठुलाे रस्साकसिपछि सबै चुनावि प्रकृयामा सहभागी हुन पाउने आस्वासन पाईयाे। बल्लतल्ल ९ गते रातकाे १२:३० मा सदस्य पदमा उम्मेदवारि दर्ता गरियाे। भाेलिपल्ट १० गते बिहानैदेखि माैन अबधि। प्रचारप्रसार गर्ने कुरै भएन।
नाम हराएकाे उम्मेदवार;
मतदाता सुचि प्रकासन भयाे, म लगायतका केही साथिहरुकाे मतदाता सुचिमा फेरि पनि नाम थिएन। मतदाता सुचिमा नाम नभएपछि बल्लतल्ल दिएकाे उम्मेदवारी पनि रद्द हुने भएकाले मतदाता सुचिमा नाम समाबेशका लागि डाैडधुप सुरु भयाे। जिल्ला सभापति पदाधिकारि लिई प्रदेश सभापति मार्फत पटकपटक निर्वाचन समितिमा सुनवाइका लागि पहल गरियाे। हुदैछ, हुन्छ, नआतिनुस .. अबकाे संसाेधनपछि नाम समाबेस भैहाल्छ .. जवाफ लगातार एउटै उस्तै। तर नाम समाबेस नै भएन।
यस्तै हुदाहुदै मतदान समय सुरु भयाे .. १० गते रातकाे १२ वजे। डेढ घण्टा बाहिर लाईनमा वसि मतदाता स्थल पुगेर मतदाता नामावलि हेर्दा नाम फेला परेन। म लगायतका केही साथिहरु फेरि एक पटक “नाम हराएकाे उम्मेदवार” भयाैं। मेराे जस्तै नियति भाेगेका साथि Santosh Thapa संगै बसेर मतदान स्थलबाट धेरैलाई गुहार लगायाैं। निर्वाचन सम्वद्ध धेरैलाई भेट्याेैं, दुःख विसायाैं। लगभग २ घण्टाकाे सकसपछि “छुटेकाे नामावलि” पाईयाे। अनि फेरि एक डेढ घण्टा लाईनमा बसि असार ११ गते बिहिबार बिहानकाे ३:०० बजे गज्जवकाे Electronic Vote गरियाे। मैले म पनि उम्मेद्वार छु भनी कुनै प्रचारप्रसार गर्ने माैका नै पाईन्न, “नाम हराएकाे प्रतिनिधि” र “नाम हराएकाे उम्मेद्वार” ब्यवस्थापनमै पुरै समय गयाे।
महाधिवेशन असार ७-९ काे तालिका थियाे, १० गते सम्म समय छुट्याएर ११ गते आफ्नै कार्यक्षेत्रमा १० वजे पुग्नु अपरिहार्य थियाे। रातकाे ३:३० बजे चितवनबाट काठमाडौं यात्रा सुरु गरें, बिहान ९:३० मा काठमाडौं पुगियाे… अनि हतारहतार नुहाई अलिकति पेट पुजा गरि १०:३० मा उच्च अदातल पाटन अनि भक्तपुर अदालतमा कर्म गरियाे। त्यसपछि मात्रै राहत मिल्याे, अलिक आराम गरियाे।
यसरी चाहेर पनि चुनावि प्रचारप्रसारमा १ सुकाे खर्च नगरि चुनावि प्रतिस्पर्धामा सहभागी हुने अज्जवकाे अनुभव गरियाे। याे सबै घटनाक्रमका बावजुत पनि सम्मानजनक ३०६ मत प्राप्त गर्न पाउनु मेरा लागि अथाह गौरबकाे विषय भएकाे सबै समक्ष अनुराेध छ।
साथै यसबाट अथाह सिकाई भएकाे पनि जानकारी गराउछु।
अबका दिनमा सहभागी काेहि कसैले यस्ताे नियति भाेग्न नपराेस, सहभागिका समस्या सुन्ने, बुझ्ने, मनन गर्ने, समाधान गर्ने बिषयलाई गम्भिरताकासाथ स्विकार गर्दै कमिकमजाेरि नदाेहाेर्याउन सम्वन्धित सबै पक्षसंग हार्दिक अपिल पनि छ।
अन्तमा;
विजयी सम्पूर्ण साथीहरूलाई हार्दिक बधाई तथा कार्यकाल सम्झन लायक रहाेस् ,हार्दिक शुभकामना ।














