Sunday, September 27, 2026
Home समाज उपप्रबन्धक चौधरी बिरुद्ध २ करोड भ्रष्टाचारको मुद्दा

उपप्रबन्धक चौधरी बिरुद्ध २ करोड भ्रष्टाचारको मुद्दा

159

माघ १८,
काठमाडौं -अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणमा विद्युत चुहावट नियन्त्रण गर्ने महाशाखाका उपप्रबन्धक विजयकुमार चौधरीविरूद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ।

शुक्रबार अख्तियारले उनीविरूद्ध दुई करोड १४ लाख ५८ हजार अकुत सम्पत्ति जोडेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० उपदफा २ अनुसार २ वर्ष सम्म कैद र दुई करोड १४ लाख ५८ हजार नै जरिवाना तिराउनुपर्ने अख्तियारको माग छ।

चौधरीले गैरकानुनी आर्जनबाट कमाएको सम्पत्ति श्रीमती प्रियङ्का चौधरीको नाममा राखेको अख्तियारको ठहर छ। श्रीमती चौधरीको नाममा रहेको अवैध सम्पत्ति जफत गर्नुपर्ने अख्तियारको माग छ। सम्पत्ति जफत गर्नकै लागि भन्दै श्रीमती चौधरीलाई यो मुद्दामा प्रतिवादी बनाइएको छ। -सेतोपाटी