Sunday, September 27, 2026
Home समाज चर्चित अभिनेता बीएस राणाको निधन

चर्चित अभिनेता बीएस राणाको निधन

93

माघ १८,
काठमाडौं -चर्चित कलाकार बीएस राणाको निधन भएको छ। राणाको ७८ वर्षको उमेरमा निधन भएको हो। राणाको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा शुक्रबार बिहान उपचारका क्रममा निधन भएको हो। मुटुको रोगबाट पीडित राणाको केही समययता शिक्षण अस्पतालमा उपचार भइरहेको थियो। राणा नेपाली चलचित्र र टेलिसिरियलमा चर्चित अभिनेता थिए। चलचित्र
अन्यायुबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका उनले ‘दक्षिणा’, ‘चिनो’, ‘दुई थोपा आँशुु’, ‘सम्बोधनु’, ‘साथी म तिम्रो’, ‘आई एम सरी’, ‘नेपाली बाबुु’, ‘कोसेली’, ‘करोडपति’, ‘दर्पण छाया २’, ‘सेतो बाघु’, ‘हवल्दार सुन्तली’, ‘काफल पाक्यो’, ‘कसले चोर्यो मेरो मन’, ‘दासढुंगा’, ‘बसन्तीु’लगायत दर्जनौँ चलचित्रमा अभियन गरेका थिए। दर्जनौँ नेपाली टेलिसिरियलमा पनि राणाको अभिनय रहेको थियो। राणाको शुक्रबार नै पशुपति आर्यघाटमा दाहासंकार गरिने बताइएको छ।