भक्तपुर । भक्तपुरमा छोराको कुटाईबाट आमाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका ९ स्थित बाचामारीमा गएराती छोराकाे कुटपिटबाट आमाको मृत्यु भएकाे प्रहरीले जानकारी दिएको छ । उदयपुरको कटारी नगरपालिका ५ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका ९ बस्ने वर्ष २४ को किरण चौधरीले ४० वर्षीय आमा मेधिया चौधरीको कुटपिट गरी हत्या गरेका प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक सुर्यवहादुर खड्काले जानकारी बताए । उनीहरू भक्तपुरमा ज्याला मजदुरी गर्न उदयपुरवाट आएका थिए ।
छोराले गएराती मादक पदार्थ सेवन गरेर पौने ८ बजे आमालाई कुटपिट गरेका थिए। कुटपिट पश्चात घाइते भएका मेधियाकाे उपचारका लागि सूर्यविनायक नगर अस्पताल लगिएको प्रहरीले जनाएकाे छ। टाउको र अनुहारमा गम्भीर चोट लागेका आमा मेधियाकाे थप उपचारका लागि वीर अस्पताल लगिएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि पाटन अस्पताल लगिएको प्रहरीकाे भनाई छ । पाटन अस्पतालमै गएराती १ बजे निधन भएको प्रहरी परिसर चक्तपुरका प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । प्रहरीले छोरा किरण चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।














