अनशनरत गोविन्द केसीको जीवनरक्षाका लागी प्रदर्शनमा उत्रिएका १७ जना स्वास्थ्यकर्मी पक्राउ

303

माघ १८,
काठमाडौं -अनशनरत गोविन्द केसीको जीवनरक्षा गर्दै शिक्षण अस्पतालमा धर्ना दिइरहेका आवसीय चिकित्सकहरूलाई प्रहरीले गिरफ्तार गरेको छ। शुक्रबार केसीले अनशन बस्दै आएको शिक्षण अस्पताल परिसरमा रहेको गणेशमान सिंह भवनको प्राङगणबाट प्रहरीले आवसीय चिकित्सकहरुलाई गिरफ्तार गरेको हो। डा। केसीको समर्थनमा आवासीय चिकित्सकले निकालेको र्‍यालीमा प्रहरीको हस्तक्षप गर्दै १७ चिकित्सकहरू पक्राउ गरेको हो। हाल उनीहरुलाई नेपाल पुलिस क्लब भृकुटीमण्डव लगिएको शिक्षण अस्पतालका आवसीय चिकित्सक संघका अध्यक्ष डा। सुमित पाण्डेले बताए। उनले भने ुहामीले सरको जीवन रक्षाको लागि शान्तिपूर्ण धर्ना दिइरहेको बेलामा प्रहरीले गिरफ्तार गरेको हो।ु प्रकाउ पर्ने‍मा रेजिडेन्ट डाक्टर एसोसियसनका अध्यक्ष डा। सुमित पान्डेसहित डाक्टरहरू विशाल अग्रवाल, अमित शर्मा, हेमन्त बास्तोला, बद्री अर्याल, राजन लामिछाने, सिद्धार्थ भन्डारी, उपमा श्रेष्ठ, कविता मानन्धर, अमिर श्रेष्ठ, आकाश शेर्पाली, आनन्द सिंह, पदम जोशी, समीर चापागाईं, विश्वराज तिम्सिना, अपुर्व आचार्य लगायत अन्य विद्यार्थीहरु रहेका छन्।