Tuesday, July 21, 2026
Home Blog Page 1512
असार १, काठमाडौँ । जेठ २५ गते यूरोप भ्रमणमा निस्किएका प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्वदेश फर्किएका छन् । स्वदेश फर्केपछि त्रिभूवन विमानस्थलको अतिविशिष्ट कक्षमा विभिन्न बिषयमा ६ जना पत्रकारहरुले प्रधानमन्त्री ओलीलाई समसामयिक बिषयमा ८ वटा प्रश्न राखेका छन् ।प्रधानमन्त्री ओलीले १३ मिनेट ४२ सेकेण्डमा ति प्रश्नहरुको जवाफ दिएका छन् । पत्रकारहरुलाई प्रधानमन्त्री ओलीले दिएको जवाफ जस्ताको तस्तै:अबको समय संवाद,...
असार १, भीष्मराज ओझा, काठमाडौँ । बहुमूल्य हिमाली जडीबुटी यार्सागुम्बा सङ्कलनका क्रममा यस वर्ष डोल्पा र दार्चुलामा लेक लागेर एक दर्जन व्यक्तिको मृत्यु भइसकेको छ । हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको यार्सागुम्बा संकलन गर्न स्थानीय जनता ज्यानै जोखिममा राखेर त्यसतर्फ जाने गरेका छन् । यार्सा एक प्रकारको हेपियालिडिइ परिवारको लेपिडोप्टेरा वर्गमा पर्ने लार्भा सङ्क्रमित भएर उम्रने...
बीबीसी, असार १, काठमाडौँ । विगत केही दिनदेखि काठमाण्डू उपत्यकामा समेत गर्मी बढेको महसुस भएको उपत्यकावासीहरूले बताउन थालेका छन्। कतिपयले त तराईको तापक्रमसँग तुलना गर्दै काठमाण्डूमा पनि उत्तिकै गर्मी हुन थालेको समेत भन्ने गरेका छन्। जल तथा मौसम विभागका विगत केही दिनको विवरणहरू हेर्दा पनि कतिपय तराईका शहरहरू र काठमाण्डू उपत्यकामा तापक्रम उस्तैउस्तै देखिएको छ। उपत्यकावासीका भनाइमा काठमाण्डूमा विगत केही...
एजेन्सी, असार १, ग्वाटेमाला । मध्ये अमेरिकी मुलुकहरु हैटी र गिनीबाट संयुक्तराज्य अमेरिकातर्फ हिँडेका २४ जना अवैध आप्रवासीलाई ग्वाटेमाला प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रवक्ता पाब्लो कास्टिल्लोले ग्वाटेमाला शहरको उत्तरी क्षेत्रको एक बस स्टेशनबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । उनीहरुले होन्डुरसबाट ग्वाटेमाला प्रवेश गर्नेगरी बसमा यात्रा गरेको बताइएको छ । प्रवक्ता कास्टिल्लोले पक्राउ परेकामा छ...
असार १, काठमाडौँ । लोकसेवाको विज्ञापन रद्द गर्न दिएको राज्य व्यवस्था तथा परामर्श समितिको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालतमा अधिवक्ता राजाराम घिमिरेले रिट दायर गरेका छन् । सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले रिट दर्ता भएको पुष्टि गरे । रिटमा समितिको निणर्य खारेज गर्न माग गरिएको छ ।यसअघि नै लोकसेवाको विज्ञापनको खारेजीको माग राख्दै सर्वोच्चमा रिट दायर भइसकेको छ...
असार १, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले दिएको जिम्मेवारीअनुसार जनविश्वासलाई अझ समुन्नत बनाउने गरी लोकसेवा आयोगले काम गर्नुपर्ने बताउनुभएको छ । लोकसेवा आयोगको ६९औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उहाँले आयोगको साख, गरिमा, त्यसप्रति रहेको जनविश्वासलाई अझ समुन्नत बनाएर काम गर्नुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “परीक्षा प्रणालीको सुधार तथा नवीनतम् प्रविधिको उपयोग गरी योग्य र सक्षम व्यक्ति सार्वजनिक...
एजेन्सी, असार १, हङकङ । न्यूजील्यान्डको ला–इस्पारेन्स रकलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ६.६ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प जमिनको सतहबाट करिब १११ किलोमिटर गहिराईमा गएको थियो । भूकम्पबाट सो स्थानमा कुनै क्षति भएको विवरण प्राप्त भएको छैन । -रासस/सिन्ह्वा
असार १, काठमाडौँ । नेपाल विद्युत प्राधिरकणले एकैपटक १ हजार ५७४ सय कर्मचारीको सरुवा गरेको छ । २०७४ भदौमा पनि प्राधिरकणले १५ सय कर्मचारीको एकपटक सरुवा गरेको थियो । त्यसअघि वितरण केन्द्र प्रमुखहरुको पनि सरुवा भएको थियो । २०७३ सालमा प्राधिकरणले २५ सय कर्मचारीको सरुवा गरेको थियो ।त्यसअघि प्राधिकरणमा लामो समयसम्म पनि एउटै वितरण केन्द्र र कार्यालयहरुमा बस्ने प्रचलन थियो...
असार १, काठमाडौँ । नेपालमा चार ठूला चार्ड दशैं, तिहार, तिज र नयाँ वर्ष बाहेक शुक्रबार मात्रै फिल्म रिलिज गर्नु पर्ने निमय छ । तर विरतरक कम्पनी ब्याङ्कटेस इन्टरटेन्मेन्टका मनोज राठीले विदेशी फिल्म जुन दिनमा रिलिज भयो त्यहि दिन रिलिज गर्न पाऊ भनी जिल्ला अदालतमा मुद्धा दायर गरेका थिए ।अदालतले व्यावसायमा हस्तक्षेप नगर्ने आदेश दिएपछि शुक्रबार बाहेक अरु बार फिल्म...
असार १, काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन कुमार थापाले संसदबाट पास गराउन खोजिएको विधेयक कार्यान्वयनमा आए कुनै पनि व्यक्ति सुरक्षित नहुने बताएका छन् ।संसदको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद थापाले सूचना प्रविधि विधेयकको विरोध गरे । आफ्नो आलोचना सहन नसक्ने सरकारले अभिव्यक्ति स्वतन्त्रताको हक उपयोग गर्ने व्यक्तिलाई जेल हाल्ने गरी सूचना प्रविधि विधेयक ल्याएको उल्लेख...