Tuesday, July 21, 2026
Home Blog Page 1511
असार २, हेटौंडा । चितवनको नारायणगढबाट वीरजञ्जतर्फ जाँदै गरेको ना५ख ४०१५ नंको दिवासेवाको यात्रुवाहक बस हेटौंडा उपमहानगरपालिका वडा नं १५ स्थित हेटौंडा वीरगञ्ज सडकखण्डको चुरेमा अनियन्त्रित भइ सोमवार बिहान दुर्घटना हुँदा उपचारको क्रममा एक महिलाको हेटौंडा अस्पतालमा मृत्यु भएको छ ।मृत्यु भएकी महिलाको अहिले सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो दुर्घटनामा परी घाइते भएका २० यात्रुको...
असार २, काठमाडौँ फिल्म ‘सानो मन’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा समावेश ‘रानु कम्मर’ बोलको गीत पछि टिमले आइतबार प्रेम र रोमान्सले भरिएको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा नायक आयुष्मान देशराज जोशी र नायिका शिल्पा मास्केबिचको प्रेम सम्बन्धमा आउने उचारचढावलाई देखाइएको छ । प्रोमो हेर्नुस् :https://www.youtube.com/watch?v=NGRDtlixyfI सुयोग गुरुङको डेब्यू निर्देशनमा निर्माण भएको यस फिल्मको ट्रेलरबाट लभस्टोरी फिल्म...
असार २, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष प्रदेश २ को लफडाले प्रकाशनमा केही दिन ढिलाइ हुन गएको बोर्डले जनाएको छ । प्रदेश २ का प्रश्नपत्र परीक्षाअगावै सार्वजनिक भएपछि त्यहाँ पुनः परीक्षा भएको थियो ।...
अन्नपूर्ण पोष्ट असार २, काठमाडौं । विद्यार्थी घटेर अधिकांश सामुदायिक विद्यालय बन्द हुुने अवस्थामा पुगेका बेला सरकारले शिक्षक दरबन्दी थप्ने तयारी गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा शिक्षकको आवश्यकता पहिचान नै नगरी ४६ हजार शिक्षक दरबन्दी थप्न लागेको हो। कक्षा एकदेखि १० सम्म पढाउन ०६० सालदेखि राहत दरबन्दीमा नियुक्त ४० हजार र कक्षा ११ र १२ पढाउन अनुदान...
नागरिक दैनिक असार २, काठमाडौं । बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान गरिरहेको नेपाल प्रहरीले तोकिएको समयमा काम पूरा नभएपछि थप दुई महिना समय मागेकोल्म्एभ्च्४४लदकउससरकारले दिएको तीन महिना अवधिमा अनुसन्धान पूरा नभएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले २ महिना अतिरिक्त समय मागेको हो। २०७५ फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले ललितानिवासले चर्चेको करिब एक सय १४ रोपनी...
कान्तिपुर दैनिक असार २, काठमाडौँ । अधिकारसम्पन्न स्थानीय तह गठन भए पनि केन्द्रको सिको गर्दै सातै प्रदेशले सांसदको तजबिजीमा खर्च गर्ने गरी बजेट विनियोजन गरेका छन् । सबै प्रदेशहरूले विनियोजन गरेको विकास बजेटको करिब ९ प्रतिशत सांसदको हातबाट खर्च गर्ने गरी रकम छुट्याएका हुन् ।आइतबार सातै प्रदेशहरूले आउँदो आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमध्ये कुल विकास बजेट १ खर्ब ३० अर्ब ९०...
नयाँ पत्रिका असार २, काठमाडौं । संसद्मा दर्ता भएका विभिन्न विधेयकका कारण देश आन्दोलित भइरहेका वेला सरकारले थप २९ वटा नयाँ विधेयक ल्याउने तयारी गरेको छ । भ्रष्टाचार नियन्त्रणदेखि संवैधानिक पदाधिकारीलाई पदमुक्त गर्न लगाइने महाअभियोगसँग सम्बन्धित विधेयक सरकारले ल्याउँदै छ ।२९ वटै विधेयकका मस्यौदामा कानुन मन्त्रालयले सहमति दिइसकेको छ । अब मन्त्रिपरिषद्ले स्वीकृत गरी तिनलाई संसद्मा दर्ता गर्न मात्र बाँकी छ । सरकारले...
अर्जुन अधिकारी ( नयाँ पत्रिका) असार २, काठमाडौं । सिंहदरबारभित्रको हेल्थ डेस्कमा अत्यावश्यक औषधि अभाव भएको छ । कम्तीमा ४० प्रकारका अत्यावश्यक औषधि हुनुपर्नेमा त्यहाँ पाँच प्रकारका औषधि मात्रै रहेको सिंहदरबार हेल्थ डेस्कका सिअहेव दीपक मुडभरीले बताए । देशको प्रशासनिक केन्द्रको एउटा हेल्थ डेस्क सञ्चालन गर्न आवश्यक औषधि आपूर्तिका लागि राज्यका निकायबीच समन्वय नहुँदा सेवा नै अवरुद्ध हुने अवस्था देखिएको छ ।सिंहदरबारभित्रका करिब...
असार २, काठमाडौं । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार रातिको समयमा देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पूर्वी तथा मध्य भु–भागका केही स्थानहरुमा र पश्चिमी भु–भागका एक दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ। 
असार २, काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर दुई रूपैयाँले घटाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको मूल्य समायोजन गरेको निगमका निर्देशक एवम प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । समायोजित मूल्यअनुसार पेट्रोल प्रति लिटर १०८ तथा डिजेल र मट्टितेल ९६ रुपैयाँ...