काठमाडौँ : कानून, न्याय तथा मानव अधिकार समितिले अधिकार माग्दै आन्दोलनरत निहारिका राजपुत र बिनु यादवलाई गृहमन्त्रीसँग भेटाइदिन गृह मन्त्रालयलाई भनेको छ। समितिको आइतबारको बैठकमा सभापति समीक्षा बास्कोटाले कुनै पनि नागरिकले आफ्ना माग राख्न मन्त्रीलाई भेट्न पाउनुपर्ने र त्यसका लागि आवश्यक समन्वय गरिदिन गृह मन्त्रालयलाई आग्रह गरेकी हुन्।‘बिनु यादव र निहारिका राजपुतका विषयमा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गरिनेछ। विशेषगरी नागरिकले आफ्ना समस्या मन्त्रीसमक्ष राख्न चाहेको अवस्थामा गृह मन्त्रालयलाई भेटघाटको व्यवस्था मिलाउन अनुरोध गरिएको छ’, उनले भनिन्। निहारिका र बिनु न्यायका लागि गृहमन्त्री गुरुङसँग भेट्न पाउनुपर्ने माग राख्दै केही दिनयता सिंहदरबार गेटमा धर्नामा छन्। उनीहरूमाथि प्रहरीले धरपकड गर्दै आएको छ।













