पत्रकारको ८ प्रश्नमा प्रधानमन्त्रीको जवाफ १३ मिनेट ४२ सेकेण्डमा (जस्ताको तस्तै)

92

असार १,
काठमाडौँ । जेठ २५ गते यूरोप भ्रमणमा निस्किएका प्रधानमन्त्री केपी शर्मा ओली आइतबार स्वदेश फर्किएका छन् । स्वदेश फर्केपछि त्रिभूवन विमानस्थलको अतिविशिष्ट कक्षमा विभिन्न बिषयमा ६ जना पत्रकारहरुले प्रधानमन्त्री ओलीलाई समसामयिक बिषयमा ८ वटा प्रश्न राखेका छन् ।

प्रधानमन्त्री ओलीले १३ मिनेट ४२ सेकेण्डमा ति प्रश्नहरुको जवाफ दिएका छन् । पत्रकारहरुलाई प्रधानमन्त्री ओलीले दिएको जवाफ जस्ताको तस्तै:

अबको समय संवाद, सहकार्य र अग्रगमनको

मैले एक दुईवटा कुरा मात्रै भन्छु । केही कुराहरु हाम्रो वक्तव्यमा उल्लेख नभएका जस्तो मैले टर्कीका उपराष्ट्रपतिसँग पनि भेटघाट गरेको थिएँ । आइएलओका डाइरेक्टरले दिनु भएको भोजमा संयुक्तराष्ट्र संघ महासभाका अध्यक्ष, दक्षिण अफ्रिकाका राष्ट्रपतिलगायत नर्वेका प्रधानमन्त्री अनेक नेताहरुसँग साइड लाईनमा वा अनेक ढंगले वाञ्छित कुराकानी भएको छ र त्यसले ती देशहरुसँगको हाम्रो सम्बन्ध, हाम्रो आर्थिक गतिविधि, बहुआयामिक सम्बन्धलाई अगाडि बढाउन मद्दत पु¥याएको छ ।

अर्को, एउटा कुरा केही मानिसहरुले नबुझेको कुरा के छ भने अबको समय नेपालको आवेश, उत्तेजना, द्वन्द्व, आन्दोलनको समय होइन । अबको समय संवाद सहमति, सहकार्य र अग्रगमनको समय हो । हिजो एउटा समय थियो, जति बेला आधारभूत प्रश्नमा नै हामीले अधिकार प्राप्त गरेका थिएनौं । राजनीतिक अधिकार नै थिएन । त्यसकारण हामीले आन्दोलन गर्नु पर्दथ्यो । जनता सार्वभौमसत्ता सम्पन्न थिएन । त्यसकारण आन्दोलन गर्नु पर्दथ्यो ।

अहिले दुई ओटा कुरा नबुझेको हो । एउटा–जनतानै सार्वभौसत्ता सम्पन्न भइसकेको छ । तसर्थ जनताको इच्छा, भावना र हितविपरित कुनै पनि कुरा हुदैन । त्यो अर्को कुरा के हो भने अहिले जनतालाई देवता मान्ने, जनतालाई सर्वोपरी मान्ने, जनताको इच्छा, आकांक्षा, हित र आदेश अनुसार काम गर्ने जनताप्रति उत्तरदायी सरकार छ । त्यसकारण जनताका कुरा सुन्छ । र, जनताको हितमा काम गर्छ ।

अर्को कुरा कुनै पनि कुरा शतप्रतिशत परफेक्ट नहुन पनि सक्छ । त्यस्तो भयो भने सरोकारवाला पक्षले, जनताको कुनै पक्षले यहाँ निर यस्तो भयो है भन्ने बित्तिकै त्यो विरोधको भावना बेस्सरी उछालेर कहाँ पुग्छु भन्ने त्यो भावना नराख्दा पनि हुनेहो । त्यो विरोध केही उछालिनेवाला पनि छैन् । जनता भड्काउन सकिन्छ कि भन्ने नसोचे पनि हुन्थ्यो । भड्काउन सकिनेवाला पनि छैन् । जनताका लागि काम गर्ने सरकार छ । अनि जनता के कारणले भड्किन्छ ? कुनै कमी कही देखियो भने त त्यो सरकारले सच्चाइहाल्छ । त्यसकारण जनताको इच्छा अनुसार कामगर्ने जनताको सरकार भएको हुनाले जनतालाई दमन गरेर आएको सरकार होइन यो । जनताको अभिमतबाट जनताप्रति प्रतिवद्ध रहेर, जनताप्रति प्रतिवद्धता जनाएर, त्यो प्रतिवद्धताका साथ र देशलाई अगाडि बढाउने संकल्पक साथ आएको सरकार हो । त्यस कारण यो सानातिना कुराहरुमा नअल्झिए हुन्थ्यो । अल्झिरहनु पर्ने आवश्यकतै थिएन ।

गुठीका नाममा

गुठीसम्बन्धी कतिपय ठाउँमा गुठीका नाममा जनतामाथि, गरिबहरुमाथि शोषण भइरहेको छ । जमिन सबै कुरा एकै ठाउँ ‘टकासार भाजि टकासार खाजा’ भन्छ हिन्दीमा । त्यो हुँदैन । बैली, बहल, धार्मिक गुठी, यहाँका यस्ता ऐतिहासिक गुठीहरु, हाम्रा संस्कृतिसँग, साँंस्कृतिक परम्परासँग र यस्ता परोक्ष ढंगका साँस्कृतिक धरोहरसँग जोडिएका गुठीहरुको कुरा बेग्लै हो । यदि यस विधयकले कहीकतै त्यस प्रकारका गुठीहरुमा कतै केही धक्का परेको रहेछ भने त्यो सरकारले विचार गर्छ ।

अब केही मानिसहरुले खुबै मौका पायौँ भन्ठानेको होला । कुनै चान्स आउने वाला छैन । चान्स छैन । किनभने यो सरकार जनताका लागि, जनताले भने अनुसार काम गर्छ, । जनताको हितमा काम गर्छ र यो हाम्रा परम्परा, हाम्रा संस्कृति, हाम्रा ऐतिहासिक धरोहरहरु, हाम्रा पुरातात्विक महत्वका धरोहरहरु, पुरातात्विक महत्वका धरोहर भन्दा घर मात्रै बुझिदैन । घरसँग जोडिएका हाम्रा संस्कृति बुझिन्छ । मच्छेन्द्रनाथको रथ यात्रा आफैमा एउटा धरोहर हो । इन्द्रजात्रा आफैमा एउटा धरोहर हो । कुमारी जात्रा आफैमा एउटा धरोहर हो । त्यस कारण भवन, घर, कुदिएको कलामात्रै होइन। साँस्कृतिककलाजो झन राम्ररी कुदिएको छ । त्यो पनिहो । त्यस कारण यसमाकुनै भ्रम राख्नु पर्ने आवश्यकता म देख्दिन ।

अब म आइसक्या छु । यो सबै कुरा हामी हेरेर कुनै पनि हाम्रो साँंस्कृतिक धरोहर, ऐतिहासिक धरोहर, परम्परा, चाडवाड रीतितिथिसँगकुनै कुराले कही नेरी अलिकति पनि प्रतिकुल असर वा घच्चा जानेर वानजानेर पारेको रहेछ भने त्यसलाई त सरकारले सच्याइहाल्छ । यो सरकार बनेको जनताको मन दुखाउन होइन । यो सरकार बनेको जनताको मन हसाँउनहो । त्यस कारण कहीकतै केहीनपुगेको देख्दा वा कहीकतै केही भुलबस् कतै गएको देख्दा त्यो मौका आयो कि भन्ठान्नु बेकार हो । म त्यतिभन्न चाहन्छु यस सन्दर्भमा ।

अर्को हाम्रा जहाजहरु युरोपियन आकाशमा पनि उड्ने छन्, विश्वका जुनसुकै आकाशमा उड्ने छन् । त्यो उड्ने प्रवन्धका लागि हामी तयारी गर्दैछौँ । यस पल्ट पनि हामीले गम्भिरताका साथ कुरा उठाएका छौँ ।

सन् १९४७ को सम्झौतालाई त्रिपक्षीय राख्नु जरुरी छैन

अर्को सन् १९४७ को त्रिपक्षीय सम्झौता त्यो धेरै पुरानो भयो, त्यो साँचो हो । त्यसले आजका हाम्रा आवश्यकतालाई त्यसले निर्देशित गर्न, नियन्त्रित गर्न सक्ने अवस्था छैन । त्यस कारण स्वभाविक हो यो कुनै आवेश उत्तेजनाको विषय होइन । १९४७ को त्रिपक्षीय सन्धीत्यो भारतबाट व्रिटिस गोर्खा भनिएका हाम्रा दाजुभाइहरु रेजिमेन्ट मारिएका बेलाको कुरा हो ।

त्यस कारण त्यस कुरालाई त्रिपक्षीय नै राख्नु पर्ने आवश्यकता छैन । आज हामी दुई पक्षीय सहमतीमा जान सक्छौँ । त्यसका लागि पुनरावलोकन गर्नुपर्छ । समग्र पुनरावलोकनको पक्षमा हामी छौँ । कसरी अगाडि बढ्ने भन्ने कुरा । यो कुनै भन्न नहुने कुरा वा लुकाएको कुरा होइन । मैले युकेमा त्यहाँ प्रधानमन्त्री थेरेसा मेरी मेसँग पनि यो कुरा गरे र हाम्रो विचार हो यो । हाम्रो सोच हो भनेर भने । तर त्यो कुरा मात्रै संयुक्त वक्तव्यमा आउँछ जो दुवै पक्षलाई उत्तिकै सजिलोसँग स्वीकार्य हुन्छ । त्यो नभइसकेको अवस्थामा त्यो दुई पक्षीय संयुक्त वक्तव्यमा आउदैन त्यो, स्वभाविक हो । अहिले हामीले उठाएका हौँ त्रिक्षीय सम्झौता अब आवद्यिक रहेन, यसको पुनरावलोकन गर्नुपर्छ भन्ने कुरा हामीले उठाएका हौँ ।

भ्रमण फलदायी रह्यो

भ्रमण संक्षिप्तमा अत्यन्तै फलदायी रह्यो । हामी अत्यन्त सक्रिय पनि रह्यौँ । हामीले हाम्रा नीतिहरु, उपलब्धिहरु, आवश्यकताहरु, आंकाक्षाहरु यी सबै कुराहरुलाई सबै ठाउँमा सान्दर्भिक ढंगले, सान्दर्भिक ठाउँहरुमा उठाएका छौँ, अगाडि बढाएका छौँ ।

छानविन भइरहका कुरा मान बोलौं

वाईड बडी चाहि त्यसमा छानविन हुँदैछ । छानविन भइरहेका कुरामा मैले धेरै केही नबोलौँ । अब गैर जवाफदेही पाराले फलानो भ्रष्टाचार, फलानोले खायो भन्दिन मिल्छ तर मैले परिणाम नआइकन कसैको बारेमा भन्न मिल्दैन । छानविन हुँदैछ, जो दोषी छ उम्किन पाउदैन । दोषीमाथि कारवाही हुन्छ । वाइड बडी अहिलेसम्म उडेन । किनभने पहिले त तयारी नै भएको थिएन त्यसको । अब बिस्तारै उड्छ । अब सरकारको त्यसमा ध्यान गएको छ ।

लोकसेवा आयोगको विज्ञापन सम्बन्धी मुद्दा अदालतमा चलिराख्या छ क्यार, सबजुडिस केसमा धेरै केही नबोलौँ, धन्यवाद ।