‘भारत’लाई दिएको स्टे अर्डर खारेज, अव विदेशी फिल्म शुक्रबार मात्रै रिलिज हुने

219

असार १,
काठमाडौँ । नेपालमा चार ठूला चार्ड दशैं, तिहार, तिज र नयाँ वर्ष बाहेक शुक्रबार मात्रै फिल्म रिलिज गर्नु पर्ने निमय छ । तर विरतरक कम्पनी ब्याङ्कटेस इन्टरटेन्मेन्टका मनोज राठीले विदेशी फिल्म जुन दिनमा रिलिज भयो त्यहि दिन रिलिज गर्न पाऊ भनी जिल्ला अदालतमा मुद्धा दायर गरेका थिए ।

अदालतले व्यावसायमा हस्तक्षेप नगर्ने आदेश दिएपछि शुक्रबार बाहेक अरु बार फिल्म रिलिज गर्ने नगर्ने दोधारमै सलमान खानको फिल्म ‘भारत’ बुधबार रिलिज भयो । जुन बार पनि फिल्म रिलिज गर्दा नेपाली फिल्म मारमा परेको भन्दै विवाद बढेपछि चलचित्र निर्माता संघ र चलचित्र विकास बोर्डले अरु बार फिल्म रिलिज नगर्नुको कारण उल्लेख गर्दै स्पष्टिकरण पठाएको थियो । उक्त स्पष्टिकरणको आधारमा काठमाण्डौं जिल्ला अदालतले ‘भारत’लाई दिएको स्टे अर्डर खारेज गरेको छ । यो स्टे अर्डर खारेज भएसँगै अब बलिउड फिल्म पनि शुक्रबार मात्रै रिलिज गरिने छ ।