लोकसेवाको विज्ञापन रद्द गर्ने समितिको निर्णयमाथि सर्वोच्चमा रिट दर्ता

197

असार १,
काठमाडौँ । लोकसेवाको विज्ञापन रद्द गर्न दिएको राज्य व्यवस्था तथा परामर्श समितिको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालतमा अधिवक्ता राजाराम घिमिरेले रिट दायर गरेका छन् । सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले रिट दर्ता भएको पुष्टि गरे । रिटमा समितिको निणर्य खारेज गर्न माग गरिएको छ ।

यसअघि नै लोकसेवाको विज्ञापनको खारेजीको माग राख्दै सर्वोच्चमा रिट दायर भइसकेको छ । सर्वोच्चले लोकसेवालाई ञविज्ञापन किन खारेज नगर्नेझ भन्दै लिखित जवाफ माग गरेको थियो । जसको पेसी आगामी ३ असारका लागि तोकिएको छ । योसँगै लोकसेवाको विज्ञापनको पक्ष र विपक्षमा सर्वोच्चमा रिट दायर भएको छ ।