असार ९,
काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कारवाहीमा मारिएका विप्लव नेकपामा नेता कुमार पौडेल अन्य अपराधमा पनि संलग्न रहेको दाबी गरेका छन्। सिंहदरवारमा सोमबार बसेको राज्य व्यवस्था समितिको बैठकमा महानिरीक्षक खनालले पौडेलको पृष्ठभुमी आपराधिक रहेको बताए।'पौडेलमाथि विभिन्न आपराधिक गतिविधि विरुद्ध उजुरी परेको थियो,' खनालले भने 'उनी पटक पटक पक्राउ परिसकेका व्यक्तिसमेत हुन् ।' काठ तस्करीको अभियोगमा उनी पक्राउ...
असार ९,
काठमाडौँ । तीन हप्ताभन्दा बढी समयसम्म लगातार रुघा वा खोकी लागिरहने, सास फेर्न गाह्रो हुने तथा छातीमा समस्या देखिनेजस्ता प्रारम्भिक लक्षण देखापर्छन् । बिस्तारै छातीमा गह्रौँ महसुस हुने, खान मन नलाग्ने, मुटुको रोग र हड्डी कमजोर हुनेजस्ता दीर्घकालीन समस्या देखिन्छन् ।बच्चाहरूमा भाइरल संक्रमणका कारण ब्रोंकाइटिस हुन सक्छ । यस्तो अवस्थामा घाँटी खसखसाउने, नाक, कान चिलाउने, रुघाखोकी लाग्ने, सास फेर्न गाह्रो हुने र...
असार ९,
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले ९ नम्बर ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेर ‘गोल्ड मेडल’ दिलाएको खुलासा भएको छ । स्नातकोत्तर तहको एक विषयमा ९ नम्बर ल्याएका सुरेन्द्र कोइरालालाई पनिका कर्मचारीले ६९ नम्बर दिएर ‘सर्वोत्कृष्ट’ बनाएका हुन् । कोइराला अधिवक्ता हुन् । पाटन क्याम्पसमा मानविकी संकायअन्तर्गत अर्थशास्त्रका विद्यार्थी कोइरालालाई ‘गोल्ड मेडल’ दिलाउन कम्तीमा ३ वटा विषयमा...
असार ९,
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको दाबी गरेका छन्। सिंहदरवारमा सोमबार बसेको संसदको राज्यव्यवस्था समितिको मन्त्री थापाले पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको बताए। मन्त्री थापाले मोटरसाइकलमा आएका ब्यक्तिले प्रहरीमाथि फायर गरेपछि प्रहरीले गोली चलाउँदा उनी मारिएको प्रष्ट पारे। पौडेल यही असार ५ गते सर्लाहीको वडा नम्बर १ लखनदेहीस्थित जंगलमा मारिएका...
नागरिक दैनिक
असार ९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै भने, ‘मैले आजित भएर सचिवलाई मेलम्ची खानेपानी आयोजना सकिने मिति नोटबुकमा लेख्न लगाएको थिएँ तर त्यसको केही समयमै ठेक्का पाएको कम्पनी सिएमसी भाग्यो। मैले सचिवबाटै धोका पाएँ। सचिवले मलाई नै ढाँटे।’ प्रधानमन्त्रीको यो अभिव्यक्तिप्रति धेरैले सचिवमात्रै नभई निजामती प्रशासनमाथि नै टिप्पणी गर्दै...
कान्तिपुर दैनिक
असार ९, संखुवासभा — घरछेउबाट देखिने चारैतिरका डाँडा चिराचिरा परेका छन् । ती हेर्यो कि डर लाग्छ । ६ दिनयता रातभर पानी परिरहेको छ । दिउँसो घाम लाग्छ । कतिखेर कहाँबाट पहिरो जाला भन्ने त्रास छ । ठाउँठाउँमा जमिन फाटेको छ । असार ३ गते गएको पहिरोले मकालु गाउँपालिका ५ मा २८ परिवार गाउँमै थुनिएका छन् । उनीहरू ६ दिनदेखि राम्ररी निदाउन पाएका छैनन् ।...
लक्ष्मी काफ्ले ( नयाँ पत्रिका)
असार ९, झापा । स्थानीय बालक पोखरीमा मृत भेटिएपछि न्याय दिलाउन सहयोग नगरेको भन्दै स्थानीयले बिर्तामोडका मेयर ध्रुव सिवाकोटीको घरमा डेढ वर्षअघि तोडफोड गरेका थिए
सरकारी गाडी नगरपालिकाले नै बनायो, निजी गाडीको बिमा लिएको छोरा नै स्विकार्छन्, चार लाख ५० हजारको बुलेट मोटरसाइकलको बिमा दाबी गर्नुको सट्टा सरकारी ढुकुटीबाट लिँदै छन् ३० लाख,मन्त्रिपरिषद्को...
असार ९,
काठमाडौं । वन तथा वातावरण मन्त्रालयका उच्चपदस्थका लागि विदेश पानीपँधेरो हुने गरेको छ । गत एक वर्षमा कार्यक्रममा सहभागी हुने नाममा कर्मचारीहरू सातपटकसम्म विदेश गएका छन् । उनीहरू प्रायः दातृ निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ९आइएनजिओ०को पैसामा विदेश सयर गर्ने गर्छन् । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नै एक वर्षमा चारपटक विदेश यात्रा गरे । उनी बेलायत, इथियोपिया, पोल्यान्ड र अस्ट्रेलिया पुगे ।...
नेपाल समाचारपत्र
असार ९, काभ्रे । बोधिचित्तको कारोबार शुरू हुँदै गर्दा हरेक वर्षझैं यस वर्ष पनि एउटै रूखलाई पटक–पटक फरक–फरक व्यक्तिका नाममा बिक्री गरी रकम असुलेका कारण द्वन्द्व सिर्जना भएको छ। ‘अब त काटमार होलाजस्तो पो भयो, स्थानीयस्तरमा असुरक्षा बढ्यो।’ –रोशी गाउँपालिका–५का स्थानीय समाजसेवी टुल्कु लामाले बताउनुभयो। साविक सिसाखानी गाविस–३ हालको रोशी गाउँपालिका–५ मा रहेको ठकु तामाङको कित्ता नम्बर...
असार ८,
बाँके । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण बाँकेको नरैनापुर गाउँपालिकाका भारतीय सीमावर्ती गाउँहरु डुबानमा परेका छन् । दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ डुबानमा परेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहाबपुर्वा, रोशनपुर्वा लगायतका गाउँका अधिकांश घर डुबानमा परेका छन्...










