भारतीय सीमावर्ती गाउँ डुबानमा

328
फाइल तस्विर

असार ८,
बाँके । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण बाँकेको नरैनापुर गाउँपालिकाका भारतीय सीमावर्ती गाउँहरु डुबानमा परेका छन् । दक्षिणतर्फ सीमामा भारतले बाँधजस्तो सडक बनाएका कारण पानीको सहज निकास नहुँदा सीमावर्ती अधिकांश गाउँ डुबानमा परेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहाबपुर्वा, रोशनपुर्वा लगायतका गाउँका अधिकांश घर डुबानमा परेका छन् ।

एक सयभन्दा बढी घर डुबेको र झण्डै १ दर्जन घर भत्किएको गाउँपालिकाका अध्यक्ष शाहले जानकारी दिनुभयो । निर्माणाधीन हुलाकी राजमार्गमा पनि पानीले क्षति पुर्याएको छ । पुल, कल्भर्ट बनाइएका ठाउँमा पानीले बाटोको दुवैतिर कटान गरेको अध्यक्ष शाहले बताउनुभयो । -उज्यालोबाट