पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको गृहमन्त्रीको दाबी

93

असार ९,
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको दाबी गरेका छन्। सिंहदरवारमा सोमबार बसेको संसदको राज्यव्यवस्था समितिको मन्त्री थापाले पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको बताए। मन्त्री थापाले मोटरसाइकलमा आएका ब्यक्तिले प्रहरीमाथि फायर गरेपछि प्रहरीले गोली चलाउँदा उनी मारिएको प्रष्ट पारे। पौडेल यही असार ५ गते सर्लाहीको वडा नम्बर १ लखनदेहीस्थित जंगलमा मारिएका थिए।

घटनास्थलबाट रिभल्बर एक थान, कटुवा पेस्तोल एक थान र तीनमा लाग्ने गोली ६ थान बरामद भएको उनले बताए। मानव अधिकार आयोगले नेत्रविक्रम चन्द ९विप्लव० समूहका सर्लाही जिल्ला ईञ्चार्ज कुमार पौडेलको हत्या भएकोमा अनुसन्धान सुरु गरेको छ।