आइजीपी खनाल भन्छन् ‘विप्लवका कार्यकर्ता पौडेलको पृष्ठभुमीनै अपराधिक हो’

142

असार ९,
काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कारवाहीमा मारिएका विप्लव नेकपामा नेता कुमार पौडेल अन्य अपराधमा पनि संलग्न रहेको दाबी गरेका छन्। सिंहदरवारमा सोमबार बसेको राज्य व्यवस्था समितिको बैठकमा महानिरीक्षक खनालले पौडेलको पृष्ठभुमी आपराधिक रहेको बताए।

‘पौडेलमाथि विभिन्न आपराधिक गतिविधि विरुद्ध उजुरी परेको थियो,’ खनालले भने ‘उनी पटक पटक पक्राउ परिसकेका व्यक्तिसमेत हुन् ।’ काठ तस्करीको अभियोगमा उनी पक्राउ समेत परेका थिए। राजनीति आवरणमा उनी आपराधिक क्रियाकलापमा लागेको अनालले बताए। स्थानीय व्यवसायीलाई चन्दा मागेर आतंकित पार्ने काम पौडेलबाट हुदैँ आएको उनले सुनाए।