एउटै रुखमा बोटमा ८१ लाखको फलः फेदमा सधै द्धन्द्ध

176

नेपाल समाचारपत्र
असार ९, काभ्रे । बोधिचित्तको कारोबार शुरू हुँदै गर्दा हरेक वर्षझैं यस वर्ष पनि एउटै रूखलाई पटक–पटक फरक–फरक व्यक्तिका नाममा बिक्री गरी रकम असुलेका कारण द्वन्द्व सिर्जना भएको छ। ‘अब त काटमार होलाजस्तो पो भयो, स्थानीयस्तरमा असुरक्षा बढ्यो।’ –रोशी गाउँपालिका–५का स्थानीय समाजसेवी टुल्कु लामाले बताउनुभयो। साविक सिसाखानी गाविस–३ हालको रोशी गाउँपालिका–५ मा रहेको ठकु तामाङको कित्ता नम्बर ४९६ बाट कित्ताकाट भई कायम भएको कित्ता नम्बर ९७९ को १३ रोपनी १४ आना क्षेत्रफलमा रहेको बोधिचित्तको ठूलो एक बोटमा फलेको फल २०७६ असार महिनामा टिप्न मिल्ने गरी एकमुष्ट ८१ लाख रुपियाँमा दुर्गालाल तामाङ समूहले खरिद गरी नगदै रकम भुक्तानी गरेको थियो।

२०७५ साल चैत ५ गते इन्भेस्टमेन्ट बैंकको चेकबाट १० लाख, हिमालयन बैंकको चेकबाट १० लाख र बाँकी ६१ लाख रुपियाँ नगदै ठकु तामाङले बुझेका थिए। चार महिनाअगावै नगद भुक्तानी गरेको दुर्गालाल तामाङ समूहले वडा कार्यालयको रोहबरमा सम्झौता गरी ८१ हजार राजस्वसमेत बुझाएको थियो। गाउँपालिकाले बिक्री मूल्यका आधारमा १ प्रतिशत राजस्व लिने निर्णय गरेको छ।
दुर्गालाल तामाङ र मानबहादुर तामाङले कानुनअनुसार सबै प्रक्रिया पूरा गरी नगदै भुक्तानी गरी राजस्वसमेत तिरेको अवस्थामा ठकु तामाङका छोरा नीरबहादुर तामाङले पुरानो मिति राखेर परिवारका कुनै सदस्यलाई खबर नै नगरी ५ लाख रुपियाँ बैना राखी ८० लाखमा बोधिचित्त बिक्री गर्ने सम्झौता गरे। उनको सम्झौतामा सोही जग्गाको कित्ता नम्बर ९७७ र ९७३ भित्र रहेको बोधिचित्तको बिक्री वितरण गर्ने अधिकार सत्यमान लामालाई दिइएको छ।