एजेन्सी,असार ९,
रियाद । साउदी अरेबियाको दक्षिणमा रहेको अभा विमानस्थलमा यमनका हुथी विद्रोहीले क्षेप्यास्त्र आक्रमण गरेका छन् । आक्रमणबाट एक जना सिरियाली नागरिकको मृत्यु हुनुका साथै अरु २१ जना घाइते भएको साउदी अधिकारीहरुले बताएका छन् ।इरानसँगको तनाब बढिरहेका समयमा यमनी विद्रोहीले आक्रमणलाई तिब्र बनाएका छन् । पछिल्लो आक्रमणबाट म्याकडोनाल्डको एक पसलका साथै १८ वटा सवारी साधनमा क्षति पुगेको छ...
असार ९,
काठमाडौँ । छैठौं महिला तथा सातौँ राष्ट्रिय पुरुष बीच भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ । कास्की जिल्ला भलिबल सङ्घको आयोजना तथा नेपाल भलिबल सङ्घको तत्वाधानमा यही असार ५ देखि पोखरास्थित फेवाताल किनारको बीच भलिबल कोर्टमा प्रतियोगिता सञ्चालन भएको थियो । आजको फाइनल खेलमा...
असार ९,
वीरगञ्ज । नेपाल भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमीनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भई परीक्षणसमेत भइसकेकाले सम्भवत यसै महीनाको अन्त्यसम्ममा सञ्चालनमा आउने भएको छ ।भारतको मोतिहारीदेखि रक्सौल अमलेखगञ्जसम्म नेपाल भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको सफल परीक्षण भएपछि प्राविधिकले यसै महीनाभित्र सो पाइपलाइन सञ्चालनमा आउन सक्ने आँकलन गरेका छन् । परीक्षणको क्रममा नेपाल आयल...
असार ९,
काठमाडौँ । असारको २० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सानो मन’को शिर्ष गीत सार्वजनिक गरिएको छ । चलचित्रको यो गीतको भिडियोमा मुख्य कलाकारद्धय आयुष्मान देशराज जोशी र शिल्पा मास्केलाई फिचरिङ गरिएको छ । सुयोग सोताङ्गको संगीत रहेको गीतमा रोहित जोन क्षेत्रीको स्वर, स्वप्निल शर्माको शब्द छ । भिडियो हुर्नुहोस् :https://www.youtube.com/watch?v=IViF_GvPZz8 संगीतकार सोताङ्ले बजारमा चलिरहेका गीत भन्दा केही फरक स्वादमा...
असार ९,
रुपन्देही । रुपन्देहीमा दुई युवतीमाथि सामूहिक बलात्कार भएको छ । गैडहवा गाउँपालिकाका– २२ वर्षका दुई युवतीलाई असार २ गते राति युवाहरुको समूहले बलात्कार गरेको हो । पीडकले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की दिएकाले बाहिर ल्याउन ढिलाइ भएको स्थानीयवासीले बताए । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गैडहवा गाउँपालिका–८ का जीवन ज्ञवालीलाई पक्राउ गरेको छ भने अर्का अरोपी विष्णु...
असार ९,
भक्तपुर । शिक्षामन्त्रीगिरिराजमणी पोखरेलले स्थानीयतहले आफ्नो खल्तीकामानिसलाई शिक्षकनियुक्तिगर्ने परम्परा बन्दगर्नु पर्ने बताएका छन् । चाँगुनारायण नगरपालिकाको स्थानीय पाठ्यक्रम सार्वजनिककार्यक्रममाबोल्दै मन्त्रीपोखरेलले भने “हामी केही समयपछि स्थानीयतहमाशिक्षक पठाउदैं छौं ।”“तर केन्द्र सरकारले पठाएको शिक्षकले सधैमानपुग्न सक्छ, त्यसैल शिक्षकनियुक्तिगर्दा गुणात्मक शिक्षकनियुक्तिमाध्यानदिनु जरुरी छ, मन्त्रीपोखरेलले भने । ”
नेपालमाप्रावधिकविषय पढ्ने विद्यार्थीको संख्यानौ प्रतिशतमात्रभएकाले यसलाई वृद्धि गर्नु पर्ने शिक्षामन्त्रीपोखरेलको भनाई छ । “अन्यविषयमाभन्दापनिप्राविधिकजनशक्तिउत्पादनमाजोड्...
असार ९,
काठमाडौँ । लघु चलचित्र 'अन्धो भरोसा' सार्वजनिक भएको छ । गीत संगितमा लागि रहदा अफुले देखेको र सबै को जिवनमा मिल्न जाने र अहिलेको समाजमा घटिरहेको घटनामा आधरित रहेर आफुलेले यस चलचित्रको निर्माण गरेको पुष्कर चौलागाईले बताए । यस लघु चलचित्रको कथा चौलागाई लेखेका हुन् । कृष्णराज ढकालले छायांकन, सुजन श्रेष्ठ र श्रीजा देउजाको मुख्य भुमिका रहेको छ...
एजेन्सी, असार ९,
सिएनएन । इन्डोनेसियाको तानिम्बार टापुमा सोमबार ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको झट्का उत्तरी अस्ट्रेलियासम्म महसुस भएको छ । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु जमिनमा २०८ किलोमिटर तल रहेको थियो ।त्यहाँबाट ७२० किलोमिटर टाढा रहेको अस्ट्रेलियाको डार्विनका वासिन्दाहरुले समेत भूकम्पको कम्पन महसुस गरेका थिए ।भूकम्पपछि सुनामीको खतरा नरहेको बताएको छ । सोमबार मात्र पपुपा...
एजेन्सी, असार ९,
काठमाडौँ । भारतको हरियाणास्थित यमुनानगरमा सडकछेउको स्टलबाट चाउमिन खाँदा तीन वर्षीय एक बालकको फोक्सो फुटेको छ । चाउमिनको ससका कारण बालक बिरामी भएको हो । ससमा एसेटिक एसिड राखिएको थियो । त्यसले गर्दा बालकको शरीरमा जलन भयो र फोक्सो बिग्रियो । बालकलाई अस्पताल लग्दा उसको शरीर कालो भइसकेको थियो । त्यतिखेर उसको रक्तचाप पनि लगभग शून्यमा...
बीबीसी, असार ९,
काठमाडौँ । भारतको राजस्थानमा एउटा धार्मिक कार्यक्रमका लागि बनाइएको एउटा विशाल पाल हावाहुरी र ठूलो वर्षाका कारण भत्किएपछि कम्तीमा १४ जनाको मृत्यु भएको छ। सो घटनामा ५० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।समाचारसंस्था रोएटर्सका अनुसार मृत्यु हुनेमध्ये केही व्यक्तिलाई करेन्ट लागेको थियो भने केहीलाई भत्केको संरचनाले किचेको थियो। हिन्दुस्तान टाइम्स पत्रिकाका अनुसार आइतवार सो धार्मिक समारोहमा...










