असार ८,
काठमाडौँ । लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापनको विरुद्धमा सर्वोच्च अदालतमा परेको रीटमाथिको सुनुवाई बुधबारका लागि सरेको छ ।
आइतबार दिनभर बहस भए पनि रीट निवेदककै तर्फको बहस नसकिएकाले बुधबारका लागि सारिएको हो । आइतबार रीट निवेदकका तर्फकै बहस पनि सकिएको छैन ।लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदमा गरेको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा ४ वटा रीट परेको छ...
असार ८,भक्तपुर । केहि वर्ष अगाडि सम्म जेठ महिनाको अन्तीम साता सम्म धेरै रोपाई भइसक्ने भक्तपुरका विभिन्न ठाउँका फाटँहरु आजभोली बाँझै छन् । पर्याप्त आकाशे पानी नपर्दा किसानलाई यति बेला विउ व्याँड मै सुकेर जाला कि भन्ने चिन्ताले सताएको छ । वर्षातको समय भएपनि पर्याप्त पानी नपरेका रोपाई हुन् नसेकेको चागुँनारायण नगरपालिका झौखेलका किसान भरतप्रसाद शभार्ल बताए ।
उनका...
एजेन्सी, असार ८,
काठमाडौँ – जर्मनीको राजधानी बर्लिनमा एक व्यक्तिले शुक्रवार बेलुका एउटा पुलमाथिबाट पर्यटक चढेको डुंगामा पिसाब फेरिदिँदा कैयौं मानिस घाइते भएको बर्लिन फायर डिपार्टमेन्टले जनाएको छ । माथिबाट पिसाबको छिटा परेपछि डुंगामा मानिसको भागाभाग भएको थियो । त्यतिखेर डुंगा बर्लिन–मिट्टेमा रहेको जान्नोविज पुलमुनिबाट जाँदैथियो ।स्प्री नदीमाथिको चार मिटर अग्लो पुलमुनिबाट डुंगा गइरहँदा पिसाबको छिटा परेपछि...
असार ८,
काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले चार वस्तुलाई ‘नेपाल गुणस्तर चिन्ह’ अनिवार्य गर्ने भएको छ। ग्याल्मानाइज्ड आइरन सिट (जस्तापाता), हेल्मेट, मल्टि स्ट्याण्ड केबल हाउस वाइरिङ तार, र एलपी ग्यासमा प्रयोग हुने रवर होज पाइपलाई एनएस चिन्ह अनिवार्य गराउने भएको हो। दैनिक जिवनमा यसको प्रयोग अत्यन्त बढेकोले यसलाई गुणस्तरीय र व्यवस्थित बनाउन एनएस चिन्ह अनिवार्य गराउन लागेको विभागका...
असार ८,
काठमाडौँ । साताको पहिलो दिन नेप्से दोहोरो अंकले घटेको छ । शेयर बजार १०.०१ अंकले घटेर १,२५४.३५ अंकमा कायम भएको छ । विकास बैंक, फाइनान्स र म्युचल फण्ड बाहेक सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ८५ अंकले घटेको छ । दिनभरिमा १ सय ७१ वटा कम्पनीको १५ लाख ७५ हजार ३ सय ४० कित्ता...
बीबीसी, असार ८,
काठमाडौँ । राष्ट्रपति डोनल्ड ट्रम्पले हवाई आक्रमण गर्ने निर्णय फिर्ता लिएलगत्तै अमेरिकाले बिहीवार इरानी अस्त्र प्रणालीमा साइबर हमला गरेको अमेरिकाबाट प्रकाशित समाचारमा जनाइएको छ। अमेरिकी साइबर हमलाले इरानी रकेट तथा क्षेप्यास्त्र नियन्त्रण गर्ने कम्प्युटर प्रणालीलाई निसाना बनाएर तिनलाई विफल तुल्याइदिएको वाशिङ्टन पोस्ट पत्रिकाले जनाएको छ। अमेरिकी ड्रोनलाई गोली हानी खसाल्ने र अमेरिकी भनाइमा खाडीको जलक्षेत्रमा तेल ट्याङ्कहरूलाई...
असार ८,
काठमाडौं । बिहीबारदेखि देशको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको मनसुन आज पश्चिमी क्षेत्रसम्म फैलिएको छ । पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन पश्चिम क्षेत्रतिर विस्तार हुँदै सोमबारसम्म देशभर फैलिने जल तथा मौसम पूर्वनुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले बताए । उनका अनुसार शनिबार मनसुन मध्य क्षेत्रका केही भेगमा बढी सक्रिय रह्यो । गए रातिदेखि नै मध्यक्षेत्रमा सक्रिय रहेको मनसुन सुदूरपश्चिम...
असार ८,
काठमाडौँ । गायक नवराज सापकोटाको नयाँ गीत 'म निदाएसी आयौ'को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। नरेश गौतमका शब्द सृजनामा एनके ब्रदरर्सको संगीत सृजना रहेको गीतमा पछिल्लो समयकी चर्चित मोडल अञ्जलि अधिकारीको अहिलेसम्मकै भिन्न अभिनय रहेको छ। भिडियो हेर्नुहोस्https://www.youtube.com/watch?time_continue=103&v=icz9RXnMenQ बहुचर्चित गीत बोलमायामा अभिनय गरेकी अञ्जलि अधिकारीको अभिनयको सर्वत्र प्रशंसा भइरहेका बेला अञ्जलि यो गीतमा निकै हट अवतारमा देखा परेकी छिन्।...
एजेन्सी, असार ८,
आदिस। इथियोपियाका प्रधान सेनापतिको गोली हानी हत्या भएको इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले बताएका छन् । टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अहमदले अम्हारा राज्यमा भएको असफल सैनिक सत्ता विद्रोहलाई भने सरकारले बिफल बनाएको जानकारी दिए । सैनिक पोशाकमा टेलिभिजनसामु देखिएका प्रधानमन्त्री अहमदले सेनापति सियर मेकोनेनको उनकै अंगरक्षकले गोली हानी हत्या गरेको जानकारी दिए । उक्त गोलीकाण्डमा अम्हारा...
असार ८,
काठमाडौँ । नायिका श्वेता खड्का अस्ट्रेलिया पुगेकी छिन् । कार्यक्रमको सिलसिलामा त्यहाँ पुगेकी उनी बेला बेलामा फोटोसुट गरेर सामाजिक सञ्जालमा पोस्ट गर्ने गर्दछिन् । श्वेताले केहि दिन अगाडी दुलहीको भेषमा फोटो सार्वजनिक गरेकी थिइन् । उक्त फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो । यस लगत्तै श्वेताले त्यहाँ अर्को फोटो सेसन गरेकी छन् । सेसनका फोटोहरु श्वेताले आफ्नो फेसबुकमा...










