Thursday, July 30, 2026
Home Blog Page 1364
भदौं ७, काठमाडौं । नेपाली काँग्रेसका नेता नरहरि आचार्यले संविधान निर्माण गर्दा कम्युनिस्ट पार्टी एक हुँदा धर्मनिरपेक्ष राज्य बनाउनु काँग्रेसको बाध्यता भएको बताएका छन् । शनिबार आफ्नो निवासमा काठमाडौं क्षेत्र नम्बर ५ का नेता कार्यकर्तासँगको कुराकानीमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।हिन्दु राज्यबारे काँग्रेस धारण के हो भन्ने प्रश्नमा नेता आचार्यले भने, ‘नेपाली काँग्रेसले हिन्दु राज्य कहिले चाहँदैन...
भदौं ७, काठमाडौं । काभ्रेको तेमाल गाउँपालिकामा समुदायकै पहलमा विद्युतीय चुल्हो प्रयोगको अभियान सुरु गरिएको छ । तेमाल सामुदायिक विद्युत सहकारी संस्थाले चलाएको यो अभियानमा नेपाल विद्युत प्राधिरकणले साथ दिएको छ । चुल्हो वितरण कार्यक्रममा आफैं पुगेर विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुल्होको प्रयोगका कारण वितरण प्रणालीमा प्राविधिक समस्या आउन नदिने घोषणा गरे । सहकारीले पहिलो चरणमा आफ्ना...
भदौ ६, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले पार्टीभित्र बहस भएको विषयलाई थेग्नै नसक्नेगरि विवाद भएको भनेर उछाल्न नहुने धारणा राखेका छन् । उनीहरुले पार्टीभित्र हुने बहस, विवाद र फरक मत राखेको विषयलाई उचाल्न नहुने पनि स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेकपाका स्थायी समिति सदस्यद्धय देवेन्द्र पौडेल र...
भदौ ६, काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफु र पार्टी अध्यक्षबीच भएको भनाभनको विषयलाई गम्भीर ढंगले नबुझ्न आग्रह गरेका छन् । सहयोगी नगर सामुदायिक समाजले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा नेता नेपालले कार्यकर्ताहरुले त्यसबारे चिन्ता व्यक्त गरेकोमा आफ्नो ध्यानाकर्षण भएको भन्दै विषयलाई सामान्य रुपमा लिन आग्रह गरे ।विषयवस्तुमाथिको बुझाईमा एकरुपता ल्याउन र एजेण्डा स्थापित गर्न पार्टीभित्र वादविवाद भइरहने भन्दै...
भदौ ६, भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालको अघिल्लो व्यवस्थापन समितिले भ्रष्टचार र वेथिति रोक्न नसकेको कारण नयाँ कार्य सममिता गठन गर्नु परेको भक्तपुर नगरपालिकाले आज एक पत्रकार सम्मेलन आयोजना गरि दावी गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले नयाँ व्यवस्थापन समिति गठन गर्नु पर्नका ११ बुदँे आधारहरु पेस गर्दै भ्रष्टचार विरुद्ध सर्घषरत अस्पतालका चिकित्सक एवंम कर्मचारीहरु स्थानीय जनता र...
एजेन्सी, भदौ ६, काठमाडौं । श्रीलङ्कामा चार महिनादेखि जारी रहेको सङ्कटकालीन अवस्थाको अन्त्य भएको घोषणा सरकारले गरेको छ । इस्लामिक अतिबादी समूहले विभिन्न होटल र चर्चहरुमा गरेको भीषण आक्रमणपछि यहाँको सरकारले सङ्कटकालको घोषणा गरेको थियो ।त्यस आक्रमणमा परी २ सय ५८ जनाको मृत्यु भएको थियो । सो आतङ्ककारी हमलापछि श्रीलङ्काको राजधानी कोलम्बोमा असुरक्षाको अवस्था महसुश भएको थियो...
भदौ ६,वीरगन्ज । पर्साको वीरगन्जबाट नक्कली भारतीय रुपैयाँ (भारु)सहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ९डिएसपी० अनन्त शर्माका अनुसार अनन्त शर्माले १ लाख ९० हजार भारु बराबरको २ हजार दरका नोटसहित २ जना पक्राउ गरिएको बताए ।डिएसपी शर्माका अनुसार पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–२ का ३४ वर्षीय दिलीप कुमार साह...
भदौ ६, काठमाडौं । राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले जम्मू कश्मीरबारे धारणा सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । छिमेकी मुलुकहरुले आआफ्नो धारणा सार्वजनिक गरिरहेका बेला नेपाल मौन बस्नु सफल कूटनीति नहुने भन्दै उनले राष्ट्रिय सहमतिका साथ धारणा सार्वजनिक गर्नुपर्ने बताए । ‘परराष्ट्रमन्त्रीले नजिकबाट नियाल्दैछौ भन्नुभयो । यो नियाल्ने काम कहिलेसम्म हुन्छ ? आँट छ भने यो सरकारले बोलोस्’ उनले भने,...
भदौ ६, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले शुक्रबार सार्वजनिक गरेको (आईसीसी) को एकदिवसीय नयाँ वरियतामा नेपाल एक स्थान खस्किएको छ । एकदिवसीय नयाँ वरियतामा नेपाल १६औँ स्थानमा झरेको हो । यसअघि नेपाल १५औं स्थानमा थियो । नयाँ वरियता अनुसार नेपालले आठ खेलबाट १९ रेटिङ पाएको छ । वरियतामा नेपालभन्दा तल संयुक्त अरव इमिरेट्स (युएई) र पपुवा न्युगिनी रहेका छन्...
भदौ ६, काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमण सकेर फर्किएलगत्तै पाकिस्तानले कश्मीर मामिलाबारे नेपालको भूमिकाको अपेक्षा गरेको छ ।पाकिस्तानी विदेशमन्त्री मोहमुद कुरैशीले टेलिफोन गरेरै नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग यसबारे कुरा गरेका हुन् । परराष्ट्रमन्त्री ज्ञवालीले यसबारे सार्वजनिक गरेका छन् । कुरैशीले बिहीबार राति फोन गरेरै सीमा क्षेत्रमा तनाब बढेको भन्दै नेपालको भूमिकाको अपेक्षा गरेको परराष्ट्र मन्त्रालयले जनाएको हो...