काभ्रेबाट सुरु भयो यस्तो अभियान, देशभर छाँयो खुसियाली

135

भदौं ७,
काठमाडौं । काभ्रेको तेमाल गाउँपालिकामा समुदायकै पहलमा विद्युतीय चुल्हो प्रयोगको अभियान सुरु गरिएको छ । तेमाल सामुदायिक विद्युत सहकारी संस्थाले चलाएको यो अभियानमा नेपाल विद्युत प्राधिरकणले साथ दिएको छ । चुल्हो वितरण कार्यक्रममा आफैं पुगेर विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुल्होको प्रयोगका कारण वितरण प्रणालीमा प्राविधिक समस्या आउन नदिने घोषणा गरे । सहकारीले पहिलो चरणमा आफ्ना ग्राहक रहेका ५ सयभन्दा बढी परिवार६७ सय रुपैयाँमा इन्डक्सन चुल्होसहित त्यसमा प्रयोग हुने कुकर, कराई, पानी तताउने ताप्के दिएको छ । यसमा जीआईजेड र समादायिक विद्युत उपभोक्ता महासंघको सहयोग गरेको छ ।

तेमाल सामुदायिक विद्युत सहकारीले आफ्ना ५५ सय परिवार विद्युतका ग्राहकलाई एलपी ग्यासको सट्टा इन्डक्सन चुल्हो प्रयोग गर्न प्रोत्साहित गर्ने बताएको छ । तेमाल क्षेत्रमा एक सिलिन्डर ग्यासको मूल्य १८ सयभन्दा बढी पर्छ । तर दिनमा १र२ युनिट विजुली खपत गर्दा खानाखाजा बनाउन सकिने संस्थाले बताएको छ । यसले ग्यास भन्दा इन्डक्सन चुल्होको खर्च कम पर्न आउने बताइएको छ । कार्यक्रममा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले यस्तो अभियानले देशभित्रै अधिकतम् विजुली खपत गर्ने सरकारी लक्ष्य भेट्न सघाउन पुग्ने बताए । तीन वर्षअघि लोडसेडिङ रहेको भएपनि अहिले विद्युतीय चुल्होको प्रयोग बढोस् भन्ने अवस्थामा प्राधिकरण आइपुगेको उनले बताए । इन्डक्सन चुल्हो प्रयोगका लागि तेमालबाट सुरु भएको सामुदायिक प्रयासले अन्य ग्रामीण क्षेत्रका उपभोक्तालाई पनि प्रोत्साहित गर्ने र यसमा प्राधिकरणको साथ रहने उनले बताए ।

‘हिजोको जस्तो अवस्था आज छैन, अब गाडी पनि विद्युतबाटै चल्छ, खाना पनि विद्युतबाटै पाक्छ, पानी पनि विद्युतीय चुल्होमै तात्छ,’ उनले भने, ‘यो भनेको हामी आत्मर्भिरता हुने संकेत हो । समृद्धिका लागि चालिएको एउटा फड्को हो ।’ यसका लागि नियमित विद्युत आपूर्ति गराउन प्राधिरकणले उत्पादन बढाउने, आपूर्ति सहज गर्ने, सबस्टेन र ट्रान्सर्फमरको क्षमता बढाउने, प्रशारण तथा वितरण लाइनलाई सुधार गर्ने काम द्रुत गतिमा अघि बढाएको उनले बताए । तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिंह तमाङले गाउँपालिकाले पनि यस्तो अभियानमा सघाउ पुर्‍याउने बताए । उनले गाउँमा करिब ५ हजार विद्युतका पोल काठको भएको भन्दै त्यसले दुर्घटनाको जोखिम बढेको उल्लेख गरे । विद्युत प्राधिकरणले ९० प्रतिशत लगानी गरे बाँकी १० प्रतिशत आफैं हालेर गाउँपालिकाले काठका पोलहरु फेर्ने उनको प्रस्ताव छ । कार्यक्रममा विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक घिसिङलाई सम्मान समेत गरिएको थियो । -अनलाइन खबर