सरकार सँग आँट छ भने कश्मीरबारे बोलोस् : राष्ट्रियसभा सदस्य जितेन्द्र देव

351

भदौ ६,
काठमाडौं । राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले जम्मू कश्मीरबारे धारणा सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । छिमेकी मुलुकहरुले आआफ्नो धारणा सार्वजनिक गरिरहेका बेला नेपाल मौन बस्नु सफल कूटनीति नहुने भन्दै उनले राष्ट्रिय सहमतिका साथ धारणा सार्वजनिक गर्नुपर्ने बताए । ‘परराष्ट्रमन्त्रीले नजिकबाट नियाल्दैछौ भन्नुभयो । यो नियाल्ने काम कहिलेसम्म हुन्छ ? आँट छ भने यो सरकारले बोलोस्’ उनले भने, ‘अनि कांग्रेसले आफ्नो प्रतिक्रिया दिन्छ ।’

पछिल्ला कार्यशैलीले सरकार उत्तरतिर फर्कने प्रत्यन्त गर्दैछ भन्ने सन्देश गएको भन्दै उनले नेपाललाई भविश्यमा समस्या पार्ने चेतावनी दिए । उनले भारतसँगको कूटनीतिक सम्बन्धमा असन्तुलन पैदा हुँदा पर्न सक्ने सामाजिक, राजनीतिक र आर्थिक असरबारे समयमै सोच्न आग्रह गरे ।

सांसद देवले नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपालले आफ्नो चासोका विषयमा अडानका साथ प्रस्तुत हुन नसकेको आरोप लगाए । १९५० को सन्धिबारे नेपालले आफ्ना कुराहरु राख्न नसकेको भन्दै उनले भने, ‘व्याक टु मंगलमान भयो । घुमिफिरी रुम्जाटार भयो ।’ आवश्यक रोडम्याप बनाउन परराष्ट्र सचिवलाई निर्देशन दिनुलाई उपलब्धि मान्न नसकिने उनको तर्क छ ।