एकदिवसीय वरियतामा नेपाल एक स्थान खस्कियो

126

भदौ ६,
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले शुक्रबार सार्वजनिक गरेको (आईसीसी) को एकदिवसीय नयाँ वरियतामा नेपाल एक स्थान खस्किएको छ । एकदिवसीय नयाँ वरियतामा नेपाल १६औँ स्थानमा झरेको हो । यसअघि नेपाल १५औं स्थानमा थियो । नयाँ वरियता अनुसार नेपालले आठ खेलबाट १९ रेटिङ पाएको छ । वरियतामा नेपालभन्दा तल संयुक्त अरव इमिरेट्स (युएई) र पपुवा न्युगिनी रहेका छन् । शीर्ष स्थानमा इङ्ल्यान्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्यान्ड, चौथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रिका रहेका छन् ।

यसैगरी आईसीसी टी–२० वरियतामा भने नेपाल यथावत स्थानमा छ । नेपाल ११औं स्थानमा छ । टी–२० वरियतामा नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्यान्ड छन् । शीर्ष स्थानमा पाकिस्तान छ । दोस्रोमा इङ्ल्यान्ड, तेस्रोमा दक्षिण अफ्रिका, चौथोमा भारत र पाँचौ स्थानमा अष्ट्रेलिया रहेका छन् ।