परराष्ट्रमन्त्री ज्ञवालीलाई पाकिस्तानी विदेशमन्त्रीले ‘कश्मीर’बारे बोल्न गरे आग्रह

96

भदौ ६,
काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमण सकेर फर्किएलगत्तै पाकिस्तानले कश्मीर मामिलाबारे नेपालको भूमिकाको अपेक्षा गरेको छ ।

पाकिस्तानी विदेशमन्त्री मोहमुद कुरैशीले टेलिफोन गरेरै नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग यसबारे कुरा गरेका हुन् । परराष्ट्रमन्त्री ज्ञवालीले यसबारे सार्वजनिक गरेका छन् । कुरैशीले बिहीबार राति फोन गरेरै सीमा क्षेत्रमा तनाब बढेको भन्दै नेपालको भूमिकाको अपेक्षा गरेको परराष्ट्र मन्त्रालयले जनाएको हो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसअघि कश्मीर मामिलालाई आफूहरुले नजिकबाट नियालिरहेकाे प्रतिक्रिया दिएका थिए ।