‘कम्युनिस्टहरु एक ठाउँमा उभिँदा मुलुक धर्मनिरपेक्ष’

150

भदौं ७,
काठमाडौं । नेपाली काँग्रेसका नेता नरहरि आचार्यले संविधान निर्माण गर्दा कम्युनिस्ट पार्टी एक हुँदा धर्मनिरपेक्ष राज्य बनाउनु काँग्रेसको बाध्यता भएको बताएका छन् । शनिबार आफ्नो निवासमा काठमाडौं क्षेत्र नम्बर ५ का नेता कार्यकर्तासँगको कुराकानीमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

हिन्दु राज्यबारे काँग्रेस धारण के हो भन्ने प्रश्नमा नेता आचार्यले भने, ‘नेपाली काँग्रेसले हिन्दु राज्य कहिले चाहँदैन । तर त्यतिबेला पनि धर्मनिरपेक्षता चाहेको थिएन । काँग्रेसले नचाहेर समेत हुने अवस्था थिएन । सबै कम्युनिस्ट(तत्कालीन नेकपा एमाले र माओवादी) धर्मनिरपेक्षताको पक्षमा थिए । अनि मुलुक धर्मनिरपेक्षता राष्ट्र भएको हो ।’ संविधान निर्माणता काँग्रेसले धार्मिक स्वतन्त्रताको पक्षमा कुरा राखेको पनि नेता आचार्यले स्मरण गरे । -Ratopati