Friday, September 18, 2026
Home समाचार भक्तपुर नगरपालिकाले क्यान्सर अस्पताल नयाँ व्यवस्थापन समिति सम्वन्धमा गर्यो यस्तो दावी...

भक्तपुर नगरपालिकाले क्यान्सर अस्पताल नयाँ व्यवस्थापन समिति सम्वन्धमा गर्यो यस्तो दावी (विज्ञप्ती सहित)

323

भदौ ६,
भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालको अघिल्लो व्यवस्थापन समितिले भ्रष्टचार र वेथिति रोक्न नसकेको कारण नयाँ कार्य सममिता गठन गर्नु परेको भक्तपुर नगरपालिकाले आज एक पत्रकार सम्मेलन आयोजना गरि दावी गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले नयाँ व्यवस्थापन समिति गठन गर्नु पर्नका ११ बुदँे आधारहरु पेस गर्दै भ्रष्टचार विरुद्ध सर्घषरत अस्पतालका चिकित्सक एवंम कर्मचारीहरु स्थानीय जनता र भक्तपुर क्यानसर अस्पताल सहयोग समितिबाट समेत अस्पतालको संचालन एवंम व्यवस्थापनको जिम्मेवारी नगरपालिकाले लिनको लागि लिखित अनुरोध पत्र पेस गरेकाले अस्पतालका पदाधिकारीहरुलाई पटक पटक सम्पर्क गर्दा पनि सम्पर्कमा आउन नचाहेकाले कार्यपालिका बैठकले नयाँ व्यवस्थापन समिति गठन गर्नु परेको बताए ।

हिजो मात्र यो अस्पतालको विषयलाई लिएर भक्तपुर कांग्रेसले पत्रकार सम्मेलन मार्फत विरोध जनाएको थियो भने संघिय सांसद गगन थापाले संसदमा उक्त निर्णयको विरोध गरेका थिए ।