२ लाख नक्कली भारुसहित वीरगन्जबाट २ जना पक्राउ

163

भदौ ६,

वीरगन्ज । पर्साको वीरगन्जबाट नक्कली भारतीय रुपैयाँ (भारु)सहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ९डिएसपी० अनन्त शर्माका अनुसार अनन्त शर्माले १ लाख ९० हजार भारु बराबरको २ हजार दरका नोटसहित २ जना पक्राउ गरिएको बताए ।

डिएसपी शर्माका अनुसार पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–२ का ३४ वर्षीय दिलीप कुमार साह र पर्साकै वीरगन्ज महानगरपालिका–२ छपकैयाका ४८ वर्षीय जमिल अख्तर छन् । दुवैजनालाई बिहीबार साँझ वीरगन्जबाट पक्राउ गरिएको डिएसपी शर्माले बताए ।