नागरिक दैनिक
भदौं ८, काठमाडौं । पछिल्लो समय नेपालको औद्योगिक क्षेत्रमा सबैभन्दा बढी लगानीमा रुची देखाइएको क्षेत्र सिमेन्ट उद्योग हो। स्वदेशीमात्र होइन विदेशी लगानीकर्ता पनि सिमेन्टमा लगानी गर्न उत्साहित छन्। सधैं विदेशी लगानीको वकालत गर्ने निजी क्षेत्रले केही समयदेखि अब सिमेन्टमा विदेशी लगानी नचाहिने बताइरहेको छ। सम्भवतः यो मात्र एउटा क्षेत्र हो जहाँ निजी क्षेत्रले विदेशी लगानी चाहिँदैन भनिरहेको...
कान्तिपुर दैनिक
भदौं ८, नवलपरासी — सरकारले देशकै ठूलो धौवादी खानीबाट फलाम निकाल्न विधिवत् प्रक्रिया अघि बढाएको छ । गत बुधबारको मन्त्रिपरिषदको निर्णयले धौवादी फलामखानी लिमिटेड बनाउने नीतिगत निर्णय गरेको छ । खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले लिमिटेड स्थापनासँगै फलाम निकाल्ने कार्यले गति लिने जानकारी दिए । ‘लिमिटेड गठनको निर्णय भइसकेकाले अब तत्काल सञ्चालक समिति गठन हुन्छ । सीईओ नियुक्ति हुन्छ...
नेपाल समाचारपत्र
भदौं ८, ललितपुर ।गोदावरी नगरपालिका–६ मा रहेको आनन्दवन अस्पतालले नक्सा पासबिना भवन निर्माण गरेको रहस्य खुलासा भएको छ। सो अस्पतालको नयाँ बनेका भवनको नक्सा पास नभएको रहस्य खुलेको हो। अस्पतालले पाहुना घर, कर्मचारीका लागि आवासगृहलगायत ६ वटा भवन नक्सापासबिना बनाएको नगरपालिकाले जानकारी दिएको छ। अहिले ट्रमा सेन्टर भन्दै अस्पतालले २५ करोड ७६ लाख रुपियाँको लागतमा भवन निर्माण गरिरहेको...
कान्तिपुर दैनिक
भदौं ८, काठमाडौँ — पेस्तोल चोरीको आरोपमा यातनासहित ४ वर्ष कैद भुक्तान गरेका तत्कालीन प्रहरी हवल्दार तीन दशकपछि निर्दोष ठहरिएका छन् । २०४४ सालमा जागिरबाट बर्खास्त भएका खुलबहादुर कुँवरलाई गत फागुनमा सर्वोच्च अदालतले निर्दोष ठहर गरेको हो । सर्वोच्च अदालतले गत साता तयार पारेको फैसलाको पूर्णपाठमा कुँवरलाई बर्खास्त हुँदादेखि अवकाश हुँदासम्मको तलब र त्यसपछिको पेन्सनसमेत दिन सरकारका नाममा दुई महिनाको...
नेपाल समाचारपत्र
भदौं ८, काठमाडौं। चक्रपथको दोस्रो खण्डको सडक विस्तारका लागि १ हजार ८२ वटा रूख काटिने भएको छ।सडक विस्तारका लागि आवश्यक क्षेत्र हटाउने क्रममा उक्त संख्यामा रूख काट्न लागिएको हो। सडक विभागका इन्जिनियर निरञ्जन शर्माले चक्रपथको दोस्रो खण्ड कलंकी–धोबिखोला चाबहिलसम्मको रूख काट्ने तयारी भइरहेको बताउनुभयो। ‘रिङरोडको दोस्रो खण्डअन्तर्गतको सडक विस्तार गर्न १ हजार ८२ ओटा रूख हटाउनुपर्ने...
भदौं ७,
ब्रजिलका राष्ट्रपतिले अमेजन जङ्गल क्षेत्रमा लागेका आगो निभाउन सशस्त्र सुरक्षा फौजलाई आदेश दिएका छन्। राष्ट्रपति जइर बोल्सोनारुले देशका संरक्षित प्राकृतिक क्षेत्र, आदिवासी भूभाग र सीमावर्ती क्षेत्रहरूमा लागेका आगो नियन्त्रणमा लिनका लागि सैनिकहरू खटाउन आदेश दिएका हुन्।
युरोपेली नेताहरूले अमेजन क्षेत्रमा लागेका आगो निभाउनका लागि ब्रजिलमाथि दबाब तीव्र बनाएपछि बोल्सोनारुले यस्तो आदेश दिएका हुन्।उनले जङ्गलमा लागेको आगोको बहानामा कुनै...
भदौं ७,
भक्तपुर । नेकपाका केन्द्रीय सदस्य सांसद महेश बस्नेतले नेपाली महिला आधा आकाश डाक्ने मात्र नभई राष्ट्र निर्माणका पहरेदार भएको बताएका छन् । अखिल नेपाल महिला संघ भक्तपुर क्षेत्र नं. २ ले आयोजना गरेको कार्यक्रममा उनले भने नेपालमा लामो राजनीतिक आन्दोलनसँगै संविधानमा नै महिलाको हक अधिकारलाई लिपिवद्ध गर्न सफल भएको छ । महिलाले आगामी दिनमा आरक्षण र समानुपातीक भन्दा...
भदौं ७,
काठमाडौं– प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले चावहिल—बौद्ध—जोरपाटी—साँखु र जोरपाटी—सुन्दरीजल सडक निर्माणमा भइरहेको ढिलाइको अनुगमन गरेको छ । चावहिलबाट माथितिरको सडक विसं २०७२ मै ठेक्का भए पनि अझै विस्तार र कालोपत्र हुन सकेको छैन । घर जग्गाको मुआब्जा विवादले सडक निर्माण अलपत्र बनेको हो । सडक विस्तार हुन नसक्दा घाम लागेका बेला धुलो र पानी परेका बेला हिलोमा...
काठमाडौं । अहिले देशको धेरै स्थानमा डेङ्गु संक्रमणको समस्या छ । वैशाख अन्तिम साता धरानको सुनसरीबाट सुरु भएको डेङ्गुको संक्रमण अहिलेसम्म देशका धेरै स्थानमा देखिएको हो । काठमाडौँ, मकवानपुर, चितवन, कास्की, कैलाली, सुनसरी, झापा, मोरङ लगायतका जिल्लाको विभिन्न ठाउँमा डेङ्गुको संक्रमण देखिएको छ । ०७६ यता ३ हजार भन्दा धेरै नागरिकमा डेङ्गुको समस्या देखिएको छ । सरकारी निकायले पुष्टि...
भदौ ७,
नेपाली फिल्म ‘पासवर्ड’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा बलिउडकी आइटम गर्ल सन्नी लियोनीलाई पनि प्रस्तुत गरिएको छ । नायक अनुपविक्रम शाहीलाई स्टाइलिस लुक्समा देख्न सकिन्छ । सँगै अभिनेता धिरेन शाक्य, विक्रम जोशी, बुद्धी तामांग, रविन्द्र झा लगायतका कलाकारले पासवर्डको प्रोमोमा विभिन्न रुपमा प्रस्तुत गरिएको छ । नायिका छुल्ठिम गुरुंगको एक झलक मात्र देखाइएको छ । सम्राट बस्नेतको...










