Wednesday, August 5, 2026
Home Blog Page 1228
मंसिर १५, काठमाडौं । भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएको छ । कांग्रेस उम्मेदवार कृष्णलाल भडेल १३ हजार ४ ४८ मत सहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय ६ मत पाएका छन् ।
मंसिर १५, सुनसरी । एम्बुलेन्स र ट्रक एकआपसमा ठोक्किँदा ७ जनाको मृत्यु भएको छ।प्रहरीका अनुसार एम्बुलेन्समा १ महिला र ६ पुरुष सवार थिए।जिल्ला प्रहरी कार्यालय,सुनसरीका प्रवक्ता डिएसपी विनोद शर्माका अनुसार घटना लौकी नजिकै भएको हो। शर्माका अनुसार विराटनगरस्थित गोल्डेन अस्पतालबाट उदयपुर जाँदै गरेको एम्बुलेन्स र वीरगंजबाट विराटनगर जाँदै गरेको ट्रकसँग एकआपसमा ठोक्किदां एम्बुलेन्समा सवार सातै जनाको मृत्यु भएको हो।घटना...
मंसिर १४, भक्तपुर । प्रदेश सभा सदस्यका लागि भक्तपुर १ (क)मा भएको उपनिर्वाचनमा ७०.१६ प्रतिशत मत खसेको छ । कूल २१ हजार ९३५ पुरुष र २३ हजार ८० महिला गरी ४५ हजार १५ मतदाता रहेको उक्त क्षेत्रमा ३२ हजार ३७ मत खसेको जिल्ला निर्वाचन कार्यालयकाले जनाएको छ । आज बिहान ७ बजेबाट शान्तिपूर्ण रुपमा मतदान शुरु भएको थियो । उपनिर्वाचनका...
मंसिर १४, काभ्रे । नगरकोट, नाल्दुम नगरकोट जेसिजले आफ्नो वार्षिक कार्ययोजना अनुसार नगरकोट क्षेत्रका माध्यमिक विद्यालयका विद्यार्थीहरुको अन्तरविद्यालय हजिरी जवाफ प्रतियोगिता मण्डन देउपुर नगरका मेयर टोकबहादुर वाईवाको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ ।उक्त प्रतियोगितामा चुनादेवी मावि प्रथम, महाकाली मावि द्वितीय, वालुवा मावि तृतीय भए । प्रतियोगितामा प्रथम टिमलााइ रु ६००० द्वितीय टिमलाइ रु ३००० र तृतीय टिमलाइ रु १५००...
मंसिर १४, काठमाडौं । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदको उपनिर्वाचनका लागि आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । देशका विभिन्न स्थानमा भइरहेको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा निर्वाचन सुरु भएको निर्वाचन आयोगले जनाएको छ । उपचिर्वाचनमा ३३७ उम्मेदवारले भाग लिइरहेका छन् भने ४ लाख ५४ हजार ११४ ले मतदान...
मंसिर १४, भक्तपुर । देशसभा सदस्य हरिशरण लामिछानेको निधन भएपछि भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क) प्रदेशमा उपनिर्वाचन भइ रहेको छ । आज मंसिर १४ गते शनिबारका दिन उपनिर्वाचनकालागि सर्वसाधरणले मतदान गरिरहेका छन् । भक्तपुर क्षेत्र नम्वर १ (क) (चाँगुनारायण नगरपालिकाका सबै वडा र भक्तपुर नगरपालिका वडा नम्बर १०) मा उपनिर्वाचन हुदैछ । यो प्रदेश निर्वाचन क्षेत्रमा ४५ हजार १५ जना...
मंसिर १३, काठमाडौं । १३ औं सागको तयारीमा रहेकी एक धाविका बन्द प्रशिक्षण छाडेर कतार गएकी छिन्। चार सय मिटर दौड र रिल दौड र हडल्सकी धाविका तुलसा खत्री प्रतियोगिता नै नखेली गत बुधबार कतार गएकी हुन्। खत्रीले विमानस्थल पुगेपछि मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङलाई आफू वैदेशिक रोजगारीका लागि कतार जान लागेको भनेर सन्देश पठाएकी थिइन्। उनी नेपाल आर्मीकी कीर्तिमानी खेलाडी...
मंसिर १३, काठमाडौं । विवादित निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सन अर्को आयोजनाबाट पनि कालोसूचीका लागि सिफारिसमा परेको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको सिफारिसअनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेमा उसको कारबाही फुकुवा हुने म्याद थप लम्बिनेछ ।काठमाडौंको तीनकुनेमास्थित दुईतर्फी १७० मीटर फराकिलो बागमती पुलको निर्माणमा लापरबाही गरेको भन्दै आयोजनाले कम्पनीको ठेक्का तोडेर कालोसूचीमा राख्न सिफारिस गरेको हो ।...
मंसिर १२, काभ्रे । काभ्रे जिल्ला मण्डदेउपुर नगरपालिका वडा नम्बर १ ढाडागाउँका राजेश गहतराजको र्याम कला निकै सुन्दर रहेको छ । हाल उमेरले १० वर्षका उनी निकै मिठो लयमा आफ्नो कला प्रस्तुत गर्दछन् । हेरौ भिडियोमा:  भिडियो सौजन्यः सिताराम गहतराज ढाडागाउँ, काभ्रे
मंसिर ११,अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं ६ नरपानी रातामाटामा भएको बस दुर्घटनामा मर्नेको संख्या १७ पुगेको छ । प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलकाअनुसार मृत्यु हुनेको संख्या १७ जना पुगेको हो । दुर्घटनामा बसका चालकको समेत मृत्यु भएको छ । गाडी चालक अन्दाजी ३० वर्षीय ओमबहादुर थापा बसन्तको घटनास्थलमै मृत्यु भएको हो । अन्यको सनाखत हुन सकेको छैन...