जेसिजको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

309

मंसिर १४,
काभ्रे । नगरकोट, नाल्दुम नगरकोट जेसिजले आफ्नो वार्षिक कार्ययोजना अनुसार नगरकोट क्षेत्रका माध्यमिक विद्यालयका विद्यार्थीहरुको अन्तरविद्यालय हजिरी जवाफ प्रतियोगिता मण्डन देउपुर नगरका मेयर टोकबहादुर वाईवाको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ ।

उक्त प्रतियोगितामा चुनादेवी मावि प्रथम, महाकाली मावि द्वितीय, वालुवा मावि तृतीय भए । प्रतियोगितामा प्रथम टिमलााइ रु ६००० द्वितीय टिमलाइ रु ३००० र तृतीय टिमलाइ रु १५०० सहित सिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियोे । उक्त प्रतियोगितामा नगरकोट क्षेत्रका सातवटा माध्यमिक विद्यालयको सहभागीता रहेको थियोे ।

जेसी अमितकुमार कर्माचार्यको सभापतित्वमा भएको उक्त प्रतियोगितामा जेसिज २०२० को राष्ट्रिय उपाध्यक्षको उम्मेदवार जेसि मञ्जु शाह गुरुङ, मण्डनदेउपुर नगरका प्रवक्ता डिल्ली आचार्य, नाल्दुम नगरकोट जेसिजका संस्थापक राजकुमार मल्ल, सेनाको वार कलेजका शिक्षा अधिकृत सुरेस कार्की लगायतको उपस्थिती रहेको थियो ।